जोमसोम— उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले मंगलबार ३२ करोड ६० लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको २० औ गाउँसभा अधिवेशनमा उपाध्यक्ष छिमी बिष्टले उक्त परिमाणको बजेट प्रस्तुत गर्नु भएको हो ।
लोमान्थाङले अगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि चालुखर्चतर्फ ११ करोड ७४ लाख ६३ हजार अर्थात (३६.०२) प्रतिशत र पुँजिगत विकास खर्चतर्फ २० करोड ८५ लाख ८७ हजार अर्थात (६३.३७) प्रतिशत बजेट विनियोजन गरेको हो । यो बजेटकाृ आँकडा अनुसार चालु भन्दा दोब्बरले पुँजिगत खर्चमा बजेट विनियोजन भएको देखाउँछ ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा गाउँपालिकाको आन्तरिक बैंक मौज्याद ६ करोड २९ लाख ६१ हजार छ । गाउँपालिकाले १५ लाख २५ हजार राजश्व उठाउने अनुमान गरेको छ ।
गाउँपालिकाको बजेटमा संघीय तथा प्रादेशिक राजश्व बाँडफाँड कुल ९ करोड १३ दाख २६ हजार छ । संघीय समानिकरण अनुदान ७ करोड ७ लाख र प्रदेश समानिकरण अनुदान ५८ लाख ८७ हजार रहेको उपाध्यक्ष बिष्टले बजेट वक्तव्य मार्फत जानकारी दिनुभयो ।
संघीय सशर्त अनुदान ६ करोड ७० लाख र प्रदेश सशर्त अनुदान २ लाख समावेश गरिएको छ । संघीय समपुरक अनुदान ९६ लाख र प्रदेश समपुरक अनुदान ६० लाख छ । यस्तै, सघीय विशेष अनुदान ६९ लाख र प्रदेश विशेष अनुदान ३९ लाख ९० हजार रहेको उपाध्यक्ष बिष्टले बताउँनुभयो ।
लोमान्थाङले कुल बजेटमा टेकेर विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको छ । जसअनुसार आर्थिक विकासतर्फ २ करोड ६३ लाख, सामाजिक विकासतर्फ ४ करोड ३९ लाख ५५ हजार,पूर्वाधार विकासतर्फ ८ करोड १२ लाख ५० हजार,सुशासनतर्फ १ करोड २८ लाख ३ हजार बजेट विनियोजन गरेको छ । पालिकाले विपद् व्यवस्थापनतर्फ ४१ लाख बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्षका लागि लोमान्थाङ गाउँपालिकाले कृषि र पूर्वाधार विकासतर्फ जोड दिएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले नीति तथा कार्यक्रम मार्फत जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार लोमान्थाङ गाउँपालिकाका किसान लक्षित कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ । जसमा त्यहाँका किसानले उत्पादन गरेको आलु र फापर लगायतका उत्पादन पालिकाले मापदण्ड तोकेर उत्पादन बढी गर्ने किसानलाई अनुदान दिने व्यवस्था मिलाईएको छ ।
गाउँपालिकाले स्याउ खेतीलाई व्यवसायिक तथा स्याउ खेती प्रर्वद्धन गर्न स्याउका विरुवा खरिदमा अनुदानको व्यवस्था मिलाउने जनाएको छ । न्यानोल,ढुक,आर्का, भार्सा हुँदै वडा नं. १ जोड्ने गरी छोसेर रिङरोड सडक निर्माणमा ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
लोमान्थाङ गाउँपालिकामा भारतीय राजदुतावासले निर्माण गर्ने विभिन्न पूर्वाधारमा गाउँपालिकाले गर्ने लागत साझेदारीमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । स्थानीय उत्पादनको बजारिकरणका लागि स्थानीय कृषकहरुले उत्पादन गरेको कृषि उपज गाउँपालिकाले संकलन गरी यथोचित बजारिकरण गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले उत्तरी कोरलानाकामा पर्यटक तथा स्थानीय व्यापारीहरुको आवश्यकतालाई ध्यानमा राखेर खानेपानी र शौचालय लगायतका पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा बृहत्त स्वास्थ्य शिविर सञ्चालन गर्ने , लोमान्थाङका शैक्षिक संस्थाहरुलाई आवासीय सुविधामा दिलाउने कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ—३ ठिङ्गरमा जियो पार्क अर्थात बुद्ध पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।—
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली