यार्तुङ मेलाको खुसीसंगै अस्ताए विकल


‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,

इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो’


जन्मसंगै मृत्यु सास्वत सत्य छ । संसारिक दुनियाँमा हरेक मनुष्य र  प्राणीजगत जन्मसंगै यो अलौकिक संसार छोडेर अवसान हुनैपर्छ ।फरक यत्ति हो माताको कोखबाट जन्म एकै प्रकार हुन्छ, तर मृत्यु अवसानका बाटाहरु फरक फरक हुने गर्छन् ।

मनुष्यजगत अन्य प्राणी भन्दा अलि महत्वकाँक्षी हुन्छ । पारिवारिक मोह, भोग विलासिता, सम्पती प्रलोभन, रिस,ईष्र्या , वैमनस्यता उच्च प्रकारको जिवन शैली मनुष्यको मुख्य अभिलाषा रहन्छ । जिवन भोगाईमा अरुलाई कुल्चिदै अघि बढ्छ मान्छे । अरुलाई ध्वंस्त पारेर आफु विजयको पैरवी प्राप्त गर्न चाहन्छ मान्छे ।

 फरक यक्ति हो मान्छै सधै मृत्युसंग डराउँछ । बाँच्नका लागि मान्छे अनेंकन सघर्ष गर्छ । यतिसम्मकै आफ्नो सबथोक गुमाएर भएपनि मान्छे यो संसारिक दुनियाँमा जिउँने प्रयास गर्छ । 

मान्छेको जन्मपछि मृत्यु सत्य छ, जाने बाटा र तरिकाहरु फरक हुन्छन् । मान्छेले सबै कुराको नजर अन्दाज गर्नसक्छ तर, मृत्युको आकलन गर्न सक्तैन ।  हामी भन्ने गछौं मृत्यु अवस्य हो एकदिन मर्ननै पर्छ ,यो पृथ्वी छोडेर जानैपर्छ । तर कसरी जाने ? स्वाभाविक वा अस्वभाविक ।  उमेर पुगेपछिको मृत्युलाई स्वभाविक मान्छौं । तर यो होईन । मान्छेको अवसान जन्मसंगै विधाताले पहिल्यै कोरिदिएका हुन्छ की तिमी यसरी यो धर्तीबाट बिदा भएर जानेछौं । हामी बाँच्नका लागि जति संघर्ष गरेपछि विधाताले कोरिदिएको मृत्यु तिथिलाई कहिल्यै बदल्न सक्तैनौं । जसरी समयको घडी फर्किदैन ,त्यसरी नै मान्छैको मृत्युको तिथि परिवर्तन हुँदैन । यो त केवल विधातालाई मात्रै पत्तो छकी को कहिले यो धर्ती छोडेर बिदा हुदैछ । 

 यही मृत्यु घडीलाई जित्न नसकेर अस्ताएका छन् वारागुङ —१ खिङ्गाका ३५ वर्षिय ठिटो विकल गुरुङ । उनको बिदाई यस्तो भयो की न त उनले आफ्नो स्वर्गिय आमाबुबाको नाम जप्न पाए, नत आफ्नो दाजु र दिदीबहिनीलाई सम्झन पाए । खिङ्गा देखि तिरी गाउँको पोखरी बनेको ड्याममा १० जना साथीभाईसंगै पौडी खेल्न पुगेका विकल अस्ताउन बेला आफ्ना साथीभाईलाई समेत पुकार्न पाएनन् ।  अस्वाभिक मृत्यु लेखिएको विकलको जन्मसंगैको खातामा अस्ताउने बेलामा न त बचाउ बचाउ भन्नै पाए । खिङ्गाका साथीहरुसंगै पोखरीमा पौडिन गएका विकल जाने बेला संगै गएका साथीहरुलाई पत्तै नदिई सुटुक्कै एक्लै अस्ताए । 

कुरा भदौं ५ गतेको हो । खिङ्गाका एक हुल साथीहरुसंगै विकल पनि तिरी गाउँको पोखरीमा पौडी खेल्न जाने योजनामा सामेल भए ।  के थाहा विकललाई त्यहाँ पौडी खेल्दा मेरा ज्यान जान्छ भन्ने। दिउँसो करिव १२ बजे तिरी गाउँको पोखरीमा पुगेका १० जना नौ जवान ठिटाहरु फर्किदा नौ जनामा मात्रै सिमित भयो । दिनभरी २÷३ घण्टासम्म विकल गाउँका छिमेकी साथीभाइहरुसंग रमाईलो गर्दै पौडीको मज्जा लिए । दिउँसो करिव ३ बजेको समय थियो । आनन्द लिएर पौडी खेलेका साथीहरु घर फर्किने तयारी गर्दै थिए । तर विकललाई पोखरीमा डायफ हानेर पौडी खेल्ने धोको अझै पुगेको थिएन । उनी भन्दै थिए ,‘साथीहरु हो अब अन्तिम पटक डायफ हान्छु,त्यसपछि घर फर्कउँला ।’ के  थाहा विकललाई उनको त्यो अन्तिम पटकको पौडी डायफ जिवनको अन्त्य हो भनेर । उनी त्यही डायफसंगै संगैका साथी भाईलाई थाहा पत्तो नदिई अलबिदा भईदिए । विकललाई कुरेर बसेका साथीहरु विकललाई नदेखेपछि निकै चिन्तित बने । केहीबेरमा विकलको लास पोखरीको केही पर तैरिएको अवस्थामा देखियो । संगै गएका साथीहरु विकलको लास देखेर स्तब्ध भए  ।

 मृत्युको गन्तब्य अघि विकल मुक्तिनाथ यार्तुङ मेलामा गएका थिए । जहाँ उनी आफ्नो गाउँ खिङ्गाको प्रतिनिधित्व गर्दै थोरङपास युवाक्लवको तर्फबाट फुटबल र आर्चरी प्रतियोगितामा भाग लिएका थिए । जहाँ उनको टिम फुटबलमा उपविजेता बनेको थियो । अन्य विधामा पनि शिल्ड र पुरस्कार जितेको थियो । यार्तुङ पर्वको समयमा लाईभ कन्सर्ट र डिजे डान्स पार्टीमा समेत रमाएका विकल भदौ ४ गते खिङ्गा गाउँ फर्किएका थिए । क्लवले जितेको शिल्ड मेडल र प्रमाणपत्र गाउँको गुम्बामा राख्ने गरिन्थ्यो । विकल र अर्को उनका साथीहरुले शिल्ड हातले माथि उचाल्दै ओ सो सो भन्दै खुसीयालीमा रमाएका थिए । तर उनका त्यो खुसीयाली ४८ घण्टा पनि टिक्न सकेन । दैवले खिङ्गा गाउँ र उनका साथीहरु सबैलाई स्तब्ध पारेर विधाताले विकललाई खोसेर लग्यो । खिङ्गा गाउँले एक होनाहार युवा गुमायो जसको अभाव गाउँलाई पछिसम्म पर्नेछ ।


 को हुन्  विकल ?

विकल खिङ्गा गाउँका स्थानीय नागरिक हुन् । सानै छदा उनले आफुलाई जन्मदिने बुबा र आमा गुमाए । आफ्नो परिवारमा भएको दाजु पनि भारतको कर्नाटकमा बस्छन् । उनी ठुलो लामा हुन् । भएको एक बहिनी पनि बैदेशिक रोजगारका क्रममा फ्रान्स पुगेकी छिन् ।

एक दिदी मुक्तिनाथमा बस्छिन् । ६ महिना अघि फ्रान्सबाट फर्किएकी बहिनीसंग देखभेट भएका विकलको त्यो भेटनै अन्तिम भेट हुन पुग्यो ।त्यसबेला बहिनीसंगको भेटमा निकै खुसी थिए । बहिनी विदेश गएपछि फेरी विकलको अडेसो मुक्तिनाथमा रहेकी दिदी मात्र भईन् । विकलको खिङ्गामा जमिन जग्गा नभएपनि बाटो छेउमा एउटा सानो घर थियो । त्यही घरमा उनले एक्लो जिवन बिताउँदै आईरहेका थिए ।

 विकल जम्मा ३५ वर्षका थिए । उनले बिहे गरेका थिएन् । ६ महिना अघि एउटा घोडो किनेर मुक्तिनाथमा पर्यटक ओसोर पोसार गर्ने काम गथ्र्ये । त्यहीबाट आफुलाई पकेट खर्च निकाल्ने गथ्र्ये ।

 आफ्ना गाउँ र अन्य साथीभाई एवं सबैसंगै अत्यन्तै मिलनसार भद्र शालिन व्यक्तित्वको रुपमा विकललाई आफुहरुले चिनेको वडाध्यक्ष प्रमेश गुरुङ बताउँछन् । विकल नयाँ नयाँ चिजमा निकै रुचि राख्दै । शारिरीक व्यायाममा पनि आफुलाई सधै क्रियाशिल राख्ने स्वभावको भएको वडाध्यक्ष गुरुङले सुनाए । विकल गाउँको सामान्य व्यक्तित्व भएपनि गाउँको लागि प्रेरणाको स्रोत भएको वडाध्यक्ष गुरुङको भनाई छ ।

‘विकल हाम्रो साथमा छैनन्, तैपनी उनीसंग बिताएका पल जिवन पर्यन्त  ताजा र अविष्मरणीय रहनेछ ।’ वडाध्यक्ष प्रमेश गुरुङले विकल गुरुङको निधन प्रति  वडा र गाउँतर्फमा शोक व्यक्त गर्दै मृतआत्माप्रति चिरशान्तिको कामना समेत गरेका छन् ।


प्रतिक्रिया