जोमसोम—मुस्ताङमा करिव ६ करोड ८१ लाख बढीको अवैंध सामान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले कोरलानाका हुँदै लुकाई छिपाई जोमसोमतर्फ ल्याउँदै गरेको लु १ ख ६९९९ नंम्बरको ट्रक विेशेष सुराकीको आधारमा शुक्रबार जोमसोम स्थित एक्याप चेक पोष्ट नजिक खानतलासी गर्दा ६ करोड ८१ लाख बढीको अवैंध सामान बरामद गरिएको हो ।
मुस्ताङको उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापन पत्र बिल बिजक बिनाको अवैंध सामाग्री ट्रकमा भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा प्रहरी कर्मचारी सुराकीका आधारमा चेकजाँच गर्दा ठुलो परिणममा विद्युतीय चुरोट (भेप)सहित दर्जनौ प्रकारका अवैंध सामाग्री भेटिएको डिएसपी बोगटीले बताए ।
प्रहरीले अवैंध रुपमा भन्सार प्रज्ञापन पत्र तथा बिल बिजक बिनै बेनीतर्फ लैजादै गरेको अवस्थामा ट्रक खान तलासी गर्दा १९ हजार थान विद्युतीय चुरोट (भेप)सहित लत्ता कपडा,ईलेक्ट्रोनिक सामान,खाद्य पदार्थ,किराना सामान र पेय पदार्थ गरी १८ प्रकारका सामान बरामद गरेको डिएसपी बोगटीले उल्लेख गरे । विद्युतीय चुरोट (भेप)को लागत करिव ६करोड बराबरको रहेको जनाए ।
प्रहरीले अवैंध सामान ढुवानी गरिएको ट्रकसहित ट्रक चालक तनहु म्यादे गाउँपालिका—५ बस्ने ३६ वर्षीय बिष्णु थापा, ट्रकमा रहेका लोमान्थाङ गाउँपालिका—३ फुवा बस्ने ४१ वर्षीय टसी आङ्ग्या गुरुङ र ट्रकका धनी लोमान्थाङ—३ फुवा बस्ने ४० वर्षीय ध्याचो गुरुङले नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि ट्रकसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमान्डौंमा पठाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रज्ञापनपत्र र बिल बिजक बिनाका सामानहरु:
१. ELFBAR RAYA D3 लेखिएको Lemon Lime ice भेप १९,०००( एक हजार नौ सय मात्र) थान, (९५ वटा ठुला कार्टुन जस भित्र साना २० वटा कार्टुन र प्रतेक साना कार्टुनमा १० वटा Lemon Lime ice भेप रहेको ) ।
२. Soft लेखेको टिस्यु पेपर -३९ (उनान्चालिस) कार्टुन ।
३. हरियो रंगको कार्टुनमा Kang Brick लेखेको चिया पत्ति ५५ (पचपन्न) कार्टुन ।
४.V.S.Special Fine Brandy ८ कार्टुन (९६ बोतल) ।
५.खेरो रातो रंगको चाईनिज अक्षरमा लेखेको कम्ब्याट जकेट थान- २२ (बाईस) ।
६. बिभिन्न रंगका बख्खु टोपी (चाईनिज) थान-३३ (तेत्तिस) ।
७. बिभिन्न रंगका लेडिज स्वीटर थान-५ (पाँच) ।
८.Rider Knee Pad थान-५० (पचास) ।
९.NAMMEILU NOUGAT लेखेको मिठाई ६९ (उनान्सत्तरी ) प्याकेट ।
१०.DROMSNO लेखेको मिठाई ५० (पचास) प्याकेट ।
११.खैरो रातो रंगको कम्ब्याट जुत्ता १२ (बाह्र) जोर ।
१२.सेतो रंगको छुर्पि २० (बिस) प्याकेट ।
१३.चाईनिज कफि ३० (तिस) बट्टा ।
१४. चाईनिज बिस्कुट २५ (पच्चिस) प्याकेट ।
१५.Aosiman 1989 लेखेको ह्विस्की १ कार्टुन (१२ बोतल) ।
१६.बिभिन्न रंगका वाटर प्रुफ जकेट ५ (पाँच) थान ।
१७.पंहेलो रंगको सोलार लाईट थान १(एक) ।
१८.स्टिलको डब्बामा रहेको Beef २ (दुई) डब्बा ।
१९.स्टिलको कित्ली थान १(एक) ।
२०.Golden Oriole लेखेको प्लाष्टिक भित्र राखेको घ्युको प्याकेट थान २(दुई) ।
२१.कम्ब्याट जुत्ता फुल ६ (छ) जोर ।
२२. कम्ब्याट जुत्ता हाफ ८ (आठ) जोर ।
२३. कम्मरमा लगाउने बिभिन्न रंगको बख्खु १०(दश) थान ।
२४.South Korea Formula लेखेको मिठाई ८० (असी) प्याकेट ।
२५.बिभिन्न रंगका हातमा लगाउने पञ्जा ८०(असी) जोर ।
२६.Matougiyi लेखेको पास्ता जस्तो देखिने बस्तु २४ (चौबिस) प्याक ।
२७.Beef Noodles लेखेको चाउचाउ २४ (चौबिस) प्याकेट ।
२८.Peach Juice( क्यानमा) २४ (चौबिस) थान ।
२९. थुप्पा १२(बाह्र) प्याकेट ।
३०.बिभिन्न रंगका हाईनेक ३ (तिन) थान ।
३१.हरियो रंगको टिनको बट्टामा रहेको बिस्कुटको डब्बा २ (दुई) थान ।
३२.चुईगम १२ बट्टा ।
३३.बिभिन्न रंग र साईजका लेडिज र जेन्स जुत्ता २० (बिस) जोर ।
गरी जम्मा अं. रु गरी जम्मा रु ६,८१,२०,५१०।- (रु. छ करोड एकासी लाख बिस हजार पाँच सय दश रुपैया ) बराबरको सामान