मुस्ताङ,५, साउन ।
मुस्ताङ सदरमुुकाम जोमसोम स्थित धोथाङ कालिगण्डकी बगरमा मंगलबार दिउँसो तीन बजे चितुवाको आक्रमणबाट ८ भेडा मरेका छन् । जोमसोम नजिकैको खोरन्हन चरनक्षेत्रबाट जोमसोम बाँसस्थानतर्फ फर्किदै गरेका भेडाका बथान माथि चितुवाले आक्रमण गरी घरपझोङ—४ जोमसोमका स्थानीय मिनप्रसाद थकालीको ८ वटा भेडा क्षति भएको हो ।
मुस्ताङमा जोमसोम वस्ती नजिकैको स्थानमा दिउँसोको समयमा चितुवाले पशुधन माथि आक्रमण गरी क्षति बनाएको योनै पहिलो घटना हो । जोमसोम नजिकैको चरनक्षेत्रबाट बाँसस्थानतर्फ ल्याईदै गरेका भेडाका बथान धोथाङ बगरमा झरी सकेपछि भेडा हेर्ने गोठाला खाजा खान जोमसोम आईपुगेको थिए । गोठाला नभएको मौका छौपी चितुवाले आक्रमण गरेर पशुधन माथि क्षेत्र पु¥याएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका सरक्षण कार्यालय (एक्याप) प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । तर, यस घटनालाई कतिपयले जंगली कुुकुरले आक्रमण गरी भेडा मारेको बताईएपनि एक्याप र प्रहरीको प्रारम्भिक अनुसन्धानले मारिएका भेडाहरु हिउँ चितुवा वा चितुवाको आक्रमणबाट भएको निश्कर्ष निकालेको छ ।
एक्याप प्रमुख राजेश गुप्तका अनुसार मारिएका भेडाहरुको प्रकृति हेर्दा र घटनास्थलमा चितुवा हिडेको डोबहरुको चिन्ह देखिएकाले मरेका भेडाहरुको कारकतत्व चितुवाकोनै भएको बताईएको छ । भेडा हेर्ने गोठालाको भनाई उदृध गर्दै एक्याप प्रमुख गुप्तले दिउँसो तीन बजेपछिको समयमा चितुवालेनै भेडा मारेको हुनसक्ने उल्लेख गर्नुभयो ।
चितुवाको आक्रमणबाट आठ भेडा मेरपछि स्थानीय थकालीलाई करिव एक लाख ६० हजार बढीको क्षति भएको हो । जोमसोम बजार नजिकै कालिगण्डकी नदी तटको धोथाङ खुल्ला बगर क्षेत्रको फरक फरक स्थानमा क्षति विक्षेत रुपमा आठ वटा भेडा मरेका हुन ।
घटनाको सूचनापछि एक्याप,नेपाल प्रहरी,,सशस्त्र प्रहरी,स्थानीय जनप्रतिनिधि,संरक्षण क्षेत्र व्यवस्थापन समिति र स्थानीयबासीहरुको टोली भेडा मरेको स्थान धोथाङ बगरमा पुगेका थिए । विभिन्न सरोकारवाला निकायहरुको उपस्थितीाम चितुवाको आक्रमणबाट मरेका भेडाहरुको प्रारम्भिक अनुसन्धान तथा मुचुल्का गरिएको थियो ।
घटनापछि घरपझोङ गाउँपालिकाको स्काभेटर (डोजर) झिकाएका चितुवाले मारेका भेडाहरुलाई खाडल खनी डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय चितुवाले बासस्थान सादै उकालो उक्लिन थालेको एक्यापको बुझाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता