मुस्ताङमा दुई मोटरसाईकल ठोक्दिा एकको मृत्यु, एक गम्भिर

मुस्ताङ, १२,असोज ।

यहाँको थासाङ गाउँपालिका—१ टुकुचे नजिकै बेनी—जोमसोम सडकमा दुई वटा मोटर साईकल एकआपसमा ठोक्किदा एक जनाको अस्पताल पु¥याउँदा मृत्यु भएको छ । दुर्घटनामा अर्का एक गम्भिर घाईते भएका छन् । आईतबार दिउँसो पौने चार बजे थासाङ गाउँपालिका—२ कोवाङबाट घरपझोङ—२ मार्फातर्फ जाँदै गरेको बा ५१ प ८९६२ नम्बरको मोटरसाईकल र त्यसको विपरित दिशाबाट जाँदै गरेको ग २४ प ९१४१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मोटरसाईकल दुर्घटनामा बा ५१ प ८९६२ नम्बरको मोटरसाईकल पछाडी सिटमा बस्ने घरपझोङ—२ मार्फाका २५ वर्षीय बुद्धि परियारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । यसैगरी सोही मोटरसाईकलका चालक घरपझोङ—३ स्याउ बस्ने २८ वर्षीय मनोज बिक गम्भिर घाईते भएको प्रहरी नायब निरीक्षक लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भिर घाईते बि.क.को शरिरका विभिन्न भागमा चोटपटक लागेको र उनी अचेत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो । गम्भिर घाईते बि.क. लाई थप उपचारका लागि एम्बुलेन्स मार्फत पोखरा रिफर गरिएको छ ।

यसैगरी ग २४ प ९१४१ नम्बरको मोटर साईकल चालक पर्वत जिल्ला बिहादी गाउँपालिका—३ बस्ने २१ वर्षीय प्रधान पराजुली सामान्य घाईते भएको र मुस्ताङको जोमसोम स्थित प्रदेश अस्पतालको उपचारपछि प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सोही मोटरसाईकलको पछाडी सिटमा बस्ने सोही स्थानका २४ वर्षीय सुदिप परियारको अस्पतालको सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया