मुस्ताङकी चेली एन्जिला र हेमाको ‘चाँदी काटी रैया’ तीज गीत सार्वजनिक (भिडियो लिन्कसहित)

जोमसोम—

मुस्ताङका दुई संगित सर्जक एन्जिला गौचन र हेमा पुनमगरले हालै नयाँ तिजको गीत ‘चाँदी काटी रैया’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।‘ यो तीजैमा दिल खोलेर नाच्नभनी आईच्छ्यौ,शीरदेखि पाहुसम्म सुनै सुन लाईच्छ्यौ, मर्काईदेउ कम्मर, चाँदी काटी रैया’ बोलको म्यूजिक भिडियो एल्मबमा समेटिएको छ ।


 मुस्ताङको थासाङ स्थित घाँसामा जन्मिएकी एन्जिला र थासाङको धम्पुमा हुर्किएकी नवप्रतिभा हेमाले हालै माण्डबी त्रिपाटीको युटुब च्यानल मार्फत उक्त म्यूजिक भिडियो ‘चाँदी काटी रैया’ सार्वजनिक गरेका हुन् ।

एन्जिला र हेमाको समधुर स्वर रहेको गीतको शब्द ,संगित, संगित संयोजन र निर्देशन बिपिन आचार्यले गरेका छन् । एनबि म्यूजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको तीज गीत ‘चाँदी काटी रैया’मा गायिका द्धय एन्जिला र हेमाको पनि अभिनय रहेको छ । एल्बमको कोरियाग्राफी सुजता थापामगरको रहेको छ भने एएसएसटी गोरियाग्राफीमा प्रभु श्रेष्ठको रहेको छ । म्युजिक भिडियोमा एलिजा गौचन, सुजिता क्षेत्री र संञ्जु चौधरी लगायतको नृत्य रहेको छ । म्यूजिक भिडियो छायांकन बिजय रुम्बाले गरेका छन् ।


 दुई दशक अघिदेखि गीतसंगित क्षेत्रमा समर्पित मुस्ताङकी चेली एन्जिला गौचनले थुप्रै म्युजिक भिडियो र थकाली गीतहरुमा शब्द र स्वर भरेकी छिन् ।  अ स्टोरी म्यूजिक एल्बम मार्फत संगित क्षेत्रमा डेभ्यु गरेकी एजिन्लाले सन् २०२१ मा ‘एल्बम एन्जिला’ निर्माण गरेकी थिईन् । थकाली समुदायको भाषा र संस्कृतिको समुत्थानका लागि गीत संगित क्षेत्रमा महत्वपूर्ण योगदान गर्दैआईरहेकी एन्जिलाले पहिलो पटक छम्छमी नचाउने तीज गीत सावजनिक गरेकी हुन् ।

यसैगरी एन्जिलालाई यसपटक थासाङकी चेलीले हेमा पुनगरले साथ दिएकी छिन् । गीत संगितका लागि निकै अभिरुची राख्ने हेमाले पहिलो पटक म्यूजिक भिडियोमा एन्जिलासंग मिलेर आफ्ना आवाज भरेकी हुन् ।


प्रतिक्रिया