मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसा स्थित जनता आधारभुत विद्यालयकी शिक्षिका विश्व पाईजाको मंगलबार असामयिक निधन भएको छ । अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीकी शिक्षिका पाईजाको ४१ वर्षको उमेरमा अल्पायुमै निधन भएको हो
लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेकी पाईजाको बुधबार उनकै गाउँ म्याग्दी दानामा अन्त्येष्टि गरिएको छ । शिक्षण पेशामा प्रतिभाशाली, कर्तव्यप्रति निष्ठावान एक जुझारु शिक्षिकाको असामयिक निधन भएको भन्दै जिल्लामा सम्वन्धित संघ÷संस्था र व्यक्तिहरुले शोक व्यक्त गरे ।
मुस्ताङको थासाङ गाउँपालिका र नेपाल शिक्षक महासंघ मुस्ताङले शोक बक्तव्य प्रकाशित गरी स्वर्गीय पाईजाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरे । यसैगरी स्वर्गीय पाईजाको निधनप्रति जिल्ला स्थित विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि,शिक्षाप्रेमी र सामाजिक व्यक्तित्वहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धान्जली व्यक्त गरेका छन् । हामी ईमुस्ताङ न्युज डटकम परिवार पनि स्वर्गीय पाईजाको निधनप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।