मुस्ताङ,०४, साउन ।
मुस्ताङको घरपझोङ गाउँपालिका—५ स्थित (ठिनी—नमुखलेक) सडकमा माईक्रो बस दुर्घटना भएको छ । ठिनी—तिलिचो पदमार्गको नमखुलेक खर्कबाट सोमबार बिहान याकचौरीको रगत खान गएका यात्रु लिएर जोमसोमतर्फ फर्किदै गरेको अवस्थामा ध १ ख ६०३ नंम्बरको माईक्रो बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा म्याग्दी जिल्ला मंगला गाउँपालिका—२ सिमलचौर बस्ने ३३ वर्षीय बसका चालक उमेश खत्री घाईते भएका छन् । ।
ठिनी—तिलिचो कच्ची सडकको भ्रप्सोबाट जोमसोमतर्फ फर्किदै गर्दा भिरालो सडकमा दुर्घटना हुँदा चालक खत्रीले हाँकेको माईक्रो बस सडकबाट करिव १०० मिटर तल खस्न पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो । भिरालो र अप्ठ्यारो सडकमा माईक्रो बसमा यात्रा गरेका यात्रुहरु झारेर बसलाई तल झार्ने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा माईक्रो बसका चालक खत्रीको दाया खुट्टा र टाउकोमा चोटपटक लागेर घाईते भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट सात जना प्रहरी टोली घटनास्थलमा पुगेर घाईते चालक खत्रीको उद्दार गरिएको थियो । प्रहरी निरीक्षक महतका अनुसार घाईते चालकका जोमसोम स्थित प्रदेश अस्पतालमा उपचार भईरहेको छ ।

चौरीका रगत खाने स्थानबाट फर्किदै गरेका पूर्व प्रतिनिधिसभा सदस्य प्रेम प्रसाद तुलाचनलले चौध जना पुरुष र एघार जना महिला यात्रु लिएर जोमसोम फर्किदै गरेको बस चालकले यात्रु ओरालेर तल झार्दै गरेको अवस्थामा दुर्घटना भएको बताउँनुभयो । बसका यात्रु झारिएर बस चलाईएकाले ठुलो मानवीय क्षति हुन नपाएको उहाँले जानकारी दिनुभयो । बस भने पूर्ण रुपमा क्षति भएको उहाँको भनाई छ ।
मुस्ताङको घरपझोङ—५ स्थित नमखु खर्कमा साउन १ गतेदेखि याकचौरीको आलो रगत खाने मेला लागेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली