यहाँ स्थित जोमसोम नागरिक उड्यन कार्यालयले सरसफाई तथा अग्नि नियन्त्रण सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । घरपझोङ—३ पुथाङ आमा समूह तथा स्थानीय पर्यटन व्यवसायी र जिल्ला स्थित तीन वटै सुरक्षा निकाय लगायतको उपस्थितीमा आईतबार जोमसोम विमानस्थल परिसरमा सरसफाई तथा अग्नि नियन्त्रण सम्वन्धी कृतिम अभ्यास गरिएको हो ।
जोमसोम नागरिक उड्यन कार्यालय अन्तर्गत विमानस्थलमा रहेको फायर स्टेशन शाखाले आगलागीका घटना हुन नदिन र र आगलागी भएको अवस्थामा नियन्त्रणमा लिने उपाय लगायतका बिषयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी लगायत आमा समुह र पर्यटन व्यवसायीहरुलाई लक्षित गरी कृतिम अभ्यास गरिएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।
मुस्ताङ सदरमुकाम जोमसोम बजार क्षेत्रका होटल तथा व्यवसायिक प्रतिष्ठानहरुमा हुनसक्ने संम्भावित आगलागीका घटना नियन्त्रण गर्ने उद्देश्यले फायर स्टेशन शाखाका फायर फाईटर (प्राविधिक) सुरज नगरकोटीले कृतिम अभ्यासद्वारा सचेतनामूलक सहजीकरण गर्नुभएको हो ।
अग्नि नियन्त्रण सचेतना कार्यक्रममा ग्यास लिक भई आगलागी हुने त्यसको नियन्त्रण गर्ने विभिन्न उपाय लगायत बिषयमा कृतिम अभ्यास गरिएको हो । यसैगरी अग्नि नियन्त्रक यन्त्रको सहायताले पेट्रोलियम पदार्थ भएको ठाउमा आगलागी हँुदा तत्काल आगो नियन्त्रणमा लिएर धनजनको क्षति हुन नदिन उपकरण यन्त्र प्रयोग गर्ने अभ्यास गरिएको थियो । यसैगरी विमानस्थलको फायर स्टेशनमा रहेको वारुण यन्त्रको सहायताले आगो निभाउन सम्वन्धी जानकारी दिईएको थियो ।
यहाँको जोमसोम नागरिक उड्यन कार्यालयले स्थानीय समुदाय,पर्यटन व्यवसायी र सुरक्षाकर्मीको अग्नि नियन्त्रण सम्वन्धी क्षमता विकास गर्ने यसप्रकारको अग्नि नियन्त्रण सचेतनामूलक कार्यक्रम गर्ने गरेको विमानस्थल प्रमुख पोखरेलले उल्लेख गर्नुभयो । विपद्जन्य घटनाहरुमा सेना,सशस्त्र र प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले सुरक्षा निकायका प्रतिनिधिहरुलाई कृतिम अभ्यासद्वारा प्रशिक्षण गर्ने गरिएको छ ।
यसैगरी जोमसोम विमानस्थल क्षेत्रको समेत सो अवसरमा सरसफाई गरिएको छ । सुरक्षा निकाय, विमानस्थलका कर्मचारी,आमा समुह र पर्यटन व्यवसायी लगायतको उपस्थितीमा जोमसोम विमानस्थलको सरसफाई गरिएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता