भार्का घोडा दौडमा कास्की घान्द्रुकका विवेक मगर च्याम्पियन

मुस्ताङ,१०, साउन ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाद्वारा आयोजित भार्का घोडा दौड प्रतियोगितामा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका—११ घान्द्रुकका विवेक मगर च्याम्पियन बनेका छन् । आईतबार सम्पन्न प्रतियोगितामा कुल  २६ प्रतिस्पधीहरुलाईपछि पार्दे विवेक मगरको ‘थन्डर’ घोडा च्याम्पिन बनेको हो ।

 लोघेरक दामोदरकुण्ड गाउँपालिकाकाले परम्परागत धर्मसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रान्ड यार्तुङ पर्व आयोजना गरेको  हो । यार्तुङ पर्वमा घोडा दौड प्रतियोगिता समावेश गरी लोपोन्मुख घोडाहरु लोप हुनबाट जोगाउन प्रतियोगिता आयोजना गरिएको हो ।

 भार्का घोडा दौड प्रतियोगिताका कास्की घान्द्रुकका विवेक मगर च्याम्पिन हुँदा वारागुङ मुक्तिक्षेत्र—१ झारकोटका नम्डुल गुरुङको ‘टिका’ नामको घोडा उपविजेता भएको छ । यसैगरी गरी घरपझोङ गाउँपालिका—५ चिम्ले स्थित चिम्ले अर्चाड कृषि फर्मको ‘धोमर थोची’नामक घोडाले तेस्रो स्थान हासिल गरेको छ । 

 दोस्रो हुने नम्डुकको घोडा प्रवेश मल्ल र तेस्रो हुने घोडा  सुजन तामाङले हाकेका थिए । भार्का घोडा दौड प्रतियोगिताका विजेताहरुलाई मुस्ताङी सांस्कृतिक राजा जिग्मे सिङ्गी पलवर बिष्ट लगायतले शुभकामना दिनुभएको थियो ।

 योंसंगै प्रतियोगिताको च्याम्पियनले एक लाख पचासा हजार , दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले पचास हजार रुपैया पुरस्कार पाउँने भएका छन् ।





प्रतिक्रिया