मुस्ताङ,१०, साउन ।
उपल्लो मुस्ताङको चराङमा आईतबार सम्पन्न कदम घोडा दौड प्रतियोगितामा मनाङका मुखिया गुरुङ च्याम्पियन बनेका छन् । प्रतियोगितामा सहभागिता ३९ वटा घोडाहरुलाई पछि पार्दै मनाङका मुखिया गुरुङको ‘पन्ध्र’ नामक घोडा च्याम्पिन बनेको हो ।
कदम घोडा दौडमा च्याम्पिन बनेसंगै मनाङका मुखिया गुरुङले तीन लाख रुपैया पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भएका छन् । प्रतियोगितामा च्याम्पिन बनेका मनाङका गुरुङले प्रतियोगिता जित्नका लागि नभई सहभागी ठुलो कुरा भएको बताउँनुभयो । घोडा पालन हिमाली सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै गुरुङले पछिल्लो समय घोडा पालन सौखमा रुपमा पाल्ने गरिएको बताउँनुभयो । यातुङ हिमाली संस्कृति भएकाले हिमाली सभ्यता र संस्कृति जोगाउन आवश्यक रहेको र यसले छिमेकी जिल्लाहरुबीचको आपस सम्वन्धलाई थप प्रगाढ बनाउँने विश्वास व्यक्त गर्नुभयो ।
कदम घोडा दौड प्रतियोगितामा उपल्लो मुस्ताङको लोमान्थाङका दुई घोडाहरुले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । लोमान्थाङका पेमा आङ्ग्या बिष्टको घोडा दोस्रो र वाङ्दी साङ्वो गुरुङको घोडा तेस्रो भएको हो ।
योसंगै प्रतियोगिताको पहिलो हुनेले तीन लाख,दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले नगद एक लाख रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उपल्लो मुस्ताङको चराङमा आईतबारदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ग्राण्ड यार्तुङ महोत्सव आयोजना गरेको हो । यार्तुङ पर्व सोमबारसम्म जारी रहने जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली