मुस्ताङ,११,साउन ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका— १ चराङमा सम्पन्न आर्चरी प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथको जनप्रिय युवाक्लव प्रथम भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाद्वारा आयोजित ग्रान्ड यार्तुङ पर्व २०८३ अन्तर्गत भएको आर्चरी प्रतियोगितामा जनप्रिय ए टिमले सर्वाधिक अंक जोड्दै प्रथम भएको हो ।
यसैगरी प्रतियोगितामा वारागुङ—४ को कागबेनी टिम दोस्रो भएको छ भने सोही वडाको तिरी टिम तेस्रो भएको छ । आर्चरी प्रतियोगितामा प्रथम,द्धितीय तृतीय हुने टिमले क्रमश ः नगद रु. तीस ,बीस र दश हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।
ग्रान्ड यार्तुङको अवसरमा आयोजित पुरुष डोरी तान्ने प्रतियोगितामा मुक्तिनाथ ए प्रथम, घिलिङ ए दोस्रो र घिलिङ बी तेस्रो भएका छन् । महिलातर्फ ध्ये ताङ्ग्या महिला टिम प्रथम, घिलिङ बी दोस्रो र चराङ महिला टिम तेस्रो भएका छन् । डोरी तान्ने पुरुष र महिला टिम समुहको प्रथम,दोस्रो र तेस्रो हुने टिमले क्रमश रु. पन्ध्र ,दश र पाँच हजारसहित मेडल र प्रमाणपत्र जितेका छन् ।
यार्तुङको अवसरमा तोतोक्या खेल सञ्चालन गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली