दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुँने

यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तिथस्थल दामोदरकुण्ड र थासाङ गाउँपालिकामा अवस्थित गुरुसाङ्वो गुफा जाने पदमार्गमा दुई वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । संघीय सरकारको अर्थ मन्त्रालयले यहाँका दुई धार्मिक स्थल जाने पदमार्गका लागि बहुर्षीय योजनाका रुपमा बजेटको स्रोत सहमति गरेसंगै उक्त स्थानमा झोलुङ्गे पुल निर्माण हुने पक्का भएको हो ।

समून्द्री सतहको चार हजार ८८० मिटरको उच्चउचाईमा अवस्थित प्रसिद्ध धार्मिक दामोदरकुण्ड जाने पद्मार्ग अन्तर्गत भर्सा  खोलामा झोलुङ्गे पुल निर्माण गरी पदयात्रीहरुको सहजता कायम गर्न अर्थ मन्त्रालयले अठार करोड ५३ लाख बढी स्रोत सहमति सुनिश्चित भएको संस्पेस्सन ब्रिज डिभिजन कार्यालयका ईन्जिनीयर गोपालबहादुर थापाले जानकारी दिनुभयो । समून्द्री सतहको पाँच हजार १०७ मिटरको उचाईमा रहेको भर्सा खोलामा झोलुङ्गे पुल निर्माणको स्रोत सहमति भईसकेकाले चालु वर्षमा ठेक्का प्रक्रियाको काम अघि बढाईने ईन्जिनीयर थापाले बताउँनुभयो । उहाँका अनुसार थासाङ गाउँपालिका—२ को गुरुसाङ्वो गुफा जाने नारिकोट—गुरुसाङ्वो झोलुङ पुलका लागि पनि अर्थ मन्त्रालयबाट ६ करोड एक लाख स्रोत सहमति भएको जानकारी दिनुभयो ।

यहाँका यी दुई योजना अघि बढाउन गतवर्ष पूर्व प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचन र प्रेमप्रसाद तुलाचनसहित लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट लगायतले झोलुङ्गे पुल निर्माणका लागि पहल सुरु गरेका थिए । संस्पेन्स डिभिजन कार्यालय काठमान्डौका प्राविधिक ईन्जिनीयरसहितको टोली प्रभूको हेलिकोप्टरमा चढेर पुलको सर्वे गर्न उक्त स्थानमा पुगेको थियो । टोलीले गतवर्षनै उक्त स्थानमा चार सय ६० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण आवश्यकतासहित डिपीआर सर्वे प्रक्रिया सम्पन्न गरेको थियो । 

यहाँको धार्मिक तिर्थस्थल दामोदरकुण्ड जाने पदमार्गको भर्सा खोलामा पुल निर्माणका लागि अघिल्लो सरकारले तीन करोड बजेट स्रोत सुनिश्चित गरेको थियो ।भगवान विष्णुको वासस्थान रहेको पसिद्ध धार्मिक तिर्थस्थल दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा पुल नहुँदा त्यहाँ दर्शन गर्न जाने तिर्थयात्रीहरुलाई झन्डै नौ घण्टाको पैदलयात्रा गर्नुपर्ने हुन्छ । कठिन भूगोलको चुनौतिपूर्ण यात्राको दुरी छोट्याउन तथा पदायात्रीको पैदलयात्रालाई सहज झोलुङ्गे पुल निर्माणले निकै ठुलो योगदान पु¥याउने लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । उहाँका अनुसार भर्सा खोलामा झोलुङ्गे पुल निर्माण भएमा नौ घण्टाको दुरी पाँच घण्टामै पुरा गर्न सकिने छ ।

यसैगरी गुरु पद्मसम्भवले ध्यानसाधना गरेको गुरुसाङ्वो गुफा जाने पदमार्ग अन्तर्गत नाउरिकोट—गुरुसाङ्वो झोलुङे पुल निर्माणका लागि पनि अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति भएको छ । नारिकोट—गुरुसाङ्वो गुफा जाने पदमार्गमा करिव ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न गतवर्ष डिपिआर सर्वे सम्पन्न गरिएको थियो । उक्त स्थानमा झोलुङ्गे पुल निर्माण भएमा करिव एक घण्टा बढीको ठाँडो पैदल दुरी र आधा घण्टामा पुरा गर्न सकिने छ । उक्त स्थानमा पनि पूर्व प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचन, प्रेमप्रसाद तुलाचन र थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनसहित संस्पेन्सन डिभिजन कार्यालयका प्राविधिक ईन्जिनीयरहरुले झोलुङ्गे पुलको डिपिआरका लागि फिल्ड सर्वे सम्पन्न गरेका थिए ।

प्रतिक्रिया