मुक्तिनाथ हाईअल्टिच्युड उपचार केन्द्रमा ६८४ जनाको स्वास्थ्य परीक्षण

यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ स्थित पर्वतीय हाईअल्टिच्युड स्वास्थ्य उपचार केन्द्रमा ६८४ जना दर्शनार्थी पर्यटकहरुले स्वास्थ्य परीक्षण गरिएको छ । चालु आ.व.को साउनदेखि २० चैत्र गतेसम्म मुक्तिनाथ पुगेर हाईअल्टिच्युड  सिग्नेसका कारण लेंक लागेर बिरामी भएका ६८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण भएको यहाँ स्थित प्रदेश अस्पताल जोमसोमले जनाएको छ ।

 समून्द्री सतहको ३८०० मिटरको पर्वतीय उच्च उचाईको स्थानमा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने कतिपय पर्यटकहरुलाई हाईअल्टिच्युड सिग्नेसका कारण लेंक लाग्ने समस्या रहेको प्रदेश अस्पताल जोमसोमका मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलले जानकारी दिनुभयो । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मुक्तिनाथ मन्दिरमा प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोग र समन्वयमा हाईअल्टिच्युड सिग्नेस उपचार केन्द्र स्थापना गरिएको डा. कडेलको भनाई छ । उहाँका अनुसार चालु वर्षको साउनदेखि चैत्र २० गतेसम्म तीन जना नेपालीसहित ६ जना विदेशी पर्यटकको हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु भईसकेको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा स्थित मुक्तिनाथ विकास समितिको कार्यालय रहेको भवनमा तीन शैया र मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिर जाने सिंढी बाटोको मध्यभागमा नेपाली सेनाद्वारा निर्मित दर्शनार्थी विश्राम स्थल भवनमा तीन शैया गरी कुल ६ शैयाको दुई वटा हाईअल्टिच्युड सिंग्नेस उपचार केन्द्र स्थापना भएको छ । यहाँको दुई वटा उपचार केन्द्रमा स्वास्थ्य उपचारका लागि अस्पताल र गाउँपालिकाबाट दुई जना हेल्थ असिस्टेन्ट र दुई जना कार्यालय सहयोगको व्यवस्था गरिएको हो ।

 मुक्तिनाथ स्थित हाईअल्टिच्युड सिंग्नेस उपचार केन्द्रमा हाईअल्टिच्युड सिंग्नेसका कारण लेंक लागेका बिरामी भएका दर्शनार्थी पर्यटकहरुलाई अक्सिजनसहितको व्यवस्था गरी स्वास्थ्य उपचार गर्ने गरिएको मुक्तिनाथमा कार्यरत हेल्थ असिस्टेन्ट सरोज घर्तीले जानकारी दिनुभयो । अनुकुल समयमा मुक्तिनाथ दर्शन गर्न आएका मध्ये दैनिक २५ देखि ३० जनासम्मको हाईअल्टिच्युड सिंग्नेस सम्वन्धि उपचार गर्ने गरिएको उहाँले बताउँनुभयो ।

प्रदेश अस्पताल र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले हाईअीलटच्युड लागेका तथा अन्य कारणले बिरामी भएकाहरुलाई तत्काल छिटोछरितो उपचार सेवा पु¥याउन अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था समेत गरेको छ । मुक्तिनाथ दर्शन गर्दा,कुण्ड र १०८ धारामा स्नान गर्दा चिसो र अक्सिजन लेभल कमी भई बिरामी हुनेहरुका लागि जनशक्ति,उपकरण र औषधि लगायतको व्यवस्था गरिएको हो ।

  सामान्य रुपमा हाईअल्टिच्यड सिंग्नेस भएकाहरु दर्शनार्थीहरुलाई मुक्तिनाथको दुई स्थानमा सेवा दिने व्यवस्था मिलाएको हो । मन्दिर पुगेर हाईअल्टिच्यु सिंग्नेस हुने क्रिटकल बिरामीहरुलाई तत्काल कम उचाईको स्थानमा झारेर थप उपचारका लागि प्रदेश अस्पतालमा उपचार गर्ने गरिएको छ ।

 बर्सेनि साउन र भदौ महिना अनि पुस र माघ महिनामा मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको संख्या कम हुने भएपनि अन्य महिनामा दर्शनार्थीको संख्या अधिक हुन्छ । पर्यटकको आगमन संख्या वृद्धि हुँदा हाईअल्टिच्युडका बिरामीहरु पनि स्वत ः बढी हुने हेल्थ असिस्टेन्ट घर्तीले बताउँनुभयो ।

यसैगरी मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकको स्वास्थ्य रक्षाका लागि मुक्तिनाथमा संञ्चालित होटलहरुले प्रोटेबल अक्सिजनसहित आवश्यक साधारण खालका औषधिहरुको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले उच्च उचाईको स्थानमा दर्शन गर्न आउँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

 पोखरादेखि खाली पेटमा हतार हतार सवारी साधनको यात्रा गरी मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या बढी हुने गरेको छ । पर्वतीय क्षेत्रको उच्चउचाईमा चढ्दै गर्दा अक्सिन लेभल कम हुने भएकाले हाईअल्टिच्युड सिंग्नेसको जोखिम बढी हुने गरेको पाईएको छ ।

यसैगरी  उमेर कटेका ज्येष्ठ नागरिक,शारिरीक रुपमा अशक्त र दीर्घ रोगका बिरामीहरुलाई मुक्तिनाथ आउँदा स्वास्थ्यमा समस्या देखिने गरेको छ । पछिल्लो समय प्रदेश अस्पताल जोमसोम र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले हाईअल्टिच्युड सिंग्नेस सम्बन्धि सचेतनामूलक साईन बोर्ड टाँस्ने र पर्यटकहरलाई पर्चा वितरण गर्ने गरिएको प्रदेश स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिनुभयो । पर्यटकको आवश्यक जानकारी लागि म्याग्दी र मुस्ताङको सिमान घाँसा,लेते,मार्फा,जोमसोम र कागबेनी लगायतका स्थानमा हाईअल्टिच्युड सचेतनामूलक साईन बोर्ड टाँस गरिएकाृे उहाँको भनाई छ ।


प्रतिक्रिया