कोरलानाकामा स्थानीय ब्यापारीलाई डस्मिन वितरण

नेपाल—चिन उत्तरी कोरलानाका स्थित दशगजा क्षेत्रमा त्रिपाल टाँगेर ब्यापार व्यवसाय गरेका स्थानीयलाई फोहोरमैला व्यवस्थापनका लागि डस्मिन वितरण गरिएको छ । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लोमान्थाङको आर्थिक सहयोगमा पन्ध्र थान फोहोर राख्ने डस्मिन वितरण गरिएको हो ।

कोरलानाकामा शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री नम्डु गुरुङले एक समारोहमा स्थानीय त्रिपाल बसेर ब्यापार गरी बस्ने स्थानीय ब्यापारीहरुलाई डस्मिन हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा वन तथा वातावरण मन्त्री गुरुङले नेपाल —चिन कोरलानाका ब्यापारिक केन्द्र मात्रै नभई पर्यटकीय केन्द्र समेत स्थापित भईसकेकाले यहाँका वातावरणीय स्वच्छता कायम राखिनु पर्ने उल्लेख गर्नुभयो । 

फोहोरमैला व्यवस्थापनकार्यमा यहाँ व्यवसायीहरु समेत भई लागेमा मात्रै वातावरण तथा पर्यावरणको संरक्षण हुने मन्त्री गुरुङको भनाई छ । उपल्लो धार्मिक तथा सांस्कृतिक राजधानी समेत रहेको उल्लेख गर्दै वन तथा वातावारण मन्त्री गुरुङले कोरलानाकालाई व्यवस्थित रुपमा स्वच्छ र सफा तुल्याउन सकेमात्रै यहाँ आएका पर्यटक तथा सबैको मानव स्वास्थ्यको हित हुने बताउँनुभयो । 


प्रतिक्रिया