मुस्ताङमा एकैदिन दुई घटना : माटोको ढिस्को र कालिगण्डकी नदीले बगाउँदा दुई व्यक्तिको मृत्यु

हिमाली जिल्ला मुस्ताङमा दुई घटनामा दुई व्यक्तिले अगल अलग ज्यान गुमाएका छन् । माटो ढिस्को र कालिगण्डकी नदीले बगाउँदा बिहिबार दुई व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङको विवरण अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ—२  राजुङ स्थित स्थानीय निमा वाङदिन गुरुङको घरमा काम गरी बस्ने बाग्लुङका अन्दाजी २२ वर्षीय आनन्द बिक घर लिप्ने कमेरो माटो खन्दा अचानक  माटोको ढिस्को खसी पुरिन गई घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षण्क एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार माटो ढिस्को खसेर गम्भिर घाईते भएको सूचनापछि ईलाका प्रहरी कार्यालय र छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बीओपी)का गरी नौ जना सूरक्षाकर्मीहरुको सहयोगमा गम्भिर घाईते अवस्थाका युवाको उद्दार गरी छोसेर प्रहरी चौकी ल्याईएको थियो । माटोको ढिस्कोले पुरिएर गम्भिर घाईते युवा बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल जोमसोम ल्याईएकोमा अस्पतालका चिकित्सले स्वास्थ्य परीक्षणका क्रममा मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो ।

 यसैगरी शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा कालिगण्डकी नदीले बगाउँदा अर्का एक व्यक्तिले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार शुक्रबार साँझ करिव पाँच बजे मुस्ताङको जोमसोम स्थित गणेश मन्दिर नजिकै कालिगण्डकी नदीको किनाराबाट पहिचान नखुलेका अन्दाजी ५०—५५ वर्षीय पुरुषलाई कालिगण्डकी नदीले बगाएर भन्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई सूचना गराईपछि  प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा करिव २० जनाको उद्दारका लागि खटिएको थियो । प्रहरी टोली उद्दारका लागि खटिएको भएपनि नदीले बगाएर बेपत्ता भएका व्यक्ति फेला पर्न सकेको थिएन ।

 प्रहरी टोलीको निरन्तर दुई घण्टा बढी कालिगण्डकी नदी आसपासका क्षेत्रमा खोजतलास गर्ने क्रममा घरपझोङ—४ जोमसोम स्थित सरकारी कार्यालय जाने झोलुङे पुल मुनि घटनास्थलबाट २०० मिटर तल फेला परेका थिए । प्रहरी निरीक्षक बस्यालका अनुसार कालिगण्डकी नदीले बगाएर बेपत्ता भएका व्यक्तिलाई फेला पारी उपचारका लागि बिहिबार साँझ जोमसोम स्थित प्रदेश अस्पताल लगिएको थियो । नदीले बगाएर बेपत्ता भएका व्यक्ति फेला पारी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताउँनुभयो ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार माटोको ढिस्को र नदीले बगाएर मृत्यु भएका दुई व्यक्तिको शव जोमसोम अस्पतालको शव गृहमा राखिएको जनाईएको छ ।


प्रतिक्रिया