यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोममा विद्यालयमा दिगो विकास लक्ष्य प्राप्तिका लागि हालसम्म भए गरेका क्रियाकलापहरु शैक्षिक लेखाजोखा गरिएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजना तथा शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङको समन्वयमा दुईदिने शैक्षिक लेखाजोखा अभिमुखिकरण गरिएको हो ।
मुस्ताङ जिल्लाको समग्र शैक्षिक तथा पूर्वाधारको अवस्था, समस्या, चुनौति,सम्भावना र समाधानका उपाय लगायतका सम्वन्ध बृहत चर्चा गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत स्थापना भएको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगलेले हिमाली जिल्लाको समग्र शैक्षिक अवस्था सम्वन्धि जानकारी लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोग नेपालमा २०११ सालमा गठन भएको हो । युनेस्को संयुक्त राष्ट्रसंघ (युएन) संग आवद्ध विशेष सस्था हो । जसले शिक्षा,विज्ञान,संस्कृति र आमसञ्चार क्षेत्रमा कार्य गर्दैआईरहेको छ । युनेस्को पेरिस मापदण्ड अनुसार यसआवद्ध सदस्य राष्ट्रहरुले विभिन्न क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिका लागि विभिन्न क्रियाकलाप गर्दैआईरहेका छन् ।
युनेस्कोका निमित्त नेपालको प्रतिनिधिमूलक संस्था नेपाल राष्ट्रिय आयोगका प्रतिनिधि एवं प्रशिक्षक दिव्या दवाडी लगायतको टोलीले मुस्ताङको समग्र विद्यालयको शैक्षिक लेखाजोखा सम्वन्धि छलफल चलाएको हो । बुधबारदेखि सुरु भएको दुईदिने बिद्यालयमा दिगो विकास लक्ष्य प्राप्तिका लागि हालसम्म भए गरेका कार्यहरुमा केन्द्रित रही छलफल गरिएको हो ।
समग्र मुस्ताङको शैक्षिक अवस्थामा केन्द्रित लेखाजोखा र विश्लेषण कार्यक्रममा मुस्ताङका विद्यालयका प्रधानाध्यापक,शिक्षक,विद्यार्थी,विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागी रहेको थियो । प्रशिक्षक दिव्या दवाडीले युनेस्को र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका कार्यहरुको चर्चा गर्नुभएको थियो ।
बिद्यालयको दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रारम्भिक बालविकास, आधारभूत तह,माध्यामिक तह र उच्च माध्यामिक तहको समग्र शैक्षिक अवस्थाका साथै प्राविधिक तथा व्यवहारिक शिक्षा लगायतका सन्दर्भ मुस्ताङमा भएका गतिविधिहरुको बृहत समिक्षा गििरएको हो ।
नेपाल राष्ट्रिय आयोगका प्रशिक्षक दिव्या दवाडीले शैक्षिक विकासका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि अवलम्वन गर्नुपर्ने नीति,कार्ययोजना र लक्ष्य स्पष्ट हुनुपर्ने बताउँनुभयो । हिमाली जिल्लाका शैक्षिक अवस्था र यहाँका समस्या र चुनौति र त्यसको समाधानको उपाय सम्वन्धि शैक्षिक लेखाजोखा गरिएको प्रशिक्षक दवाडीले उल्लेख गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय एकाई मुस्ताङका निमित्त प्रमुख चन्द्रसिंह विकले भौगोलिक चुनौति र कठिन भूगोलमा पनि मुस्ताङका शैक्षिक बिद्यालयहरुले अपेक्षाकृत नतिजा हासिल गरेको बताउँनुभयो । विद्यालयको शैक्षिक तथा पूर्वाधार विकासलाई दिगो बनाउन विद्यालयको नेतृत्व महत्वपूर्ण हुने भएकाले बिद्यार्थीहरुको भविष्यलाई केन्द्रमा राखेर शैक्षिक क्रियाकलाप अवलम्वन गर्नुपर्ने बताउँनुभयो ।
नेपाल रेडक्रस सोसाईटी मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले पछिल्लो डेढ दशक यता मुस्ताङको शैक्षिक क्षेत्रमा निकै ठुलो उपलब्धिमूलक परिवर्तन आएको बताउनुभयो । सडक सञ्जाल नहुँदा यहाँका शैक्षिक विकासमा निकै ठुलो चुनौति खडा हुने गरेकोमा सडकको भौतिक विकासले शिक्षा क्षेत्रमा पनि परिवर्तनका संकेतहरु देखा परेको बताउँनुभयो ।
मुस्ताङमा निजी विद्यालय र सरकार विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार लगायतका बिषयमा चर्चा गरिएको छ । सरकारले कठिन परिस्थितीका बालबालिकाको शिक्षाका लागि हिमाली आवासीय छात्रावास कोष स्थापना गरेकाले मुस्ताङको शैक्षिक संस्थाहरुमा बिद्यार्थी टिकाउन सहज भएको कार्यक्रममा बताईएको छ । शिक्षा क्षेत्रलाई समावेशी, सिमान्तकृत समुदायको समान पहुँच स्थापित गर्नका लागि अपनाउनु पर्ने कार्ययोजना र स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गर्नुपर्ने कार्य लगायतका बिषयमा छलफल भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता