दुग्ध संकलन केन्द्रले उन्नत गाईपालकलाई सहज

जोमसोम ।

एक दशक अघि मुस्ताङका होटल,रेष्टुरेन्ट र स्थानीयका घरघरमा बजारिया रेडिमेड पाउडरको दुध चलनचल्तीमा थियो । यहाँका स्थानीय किसानले लुुलु गाई पालन गर्ने गरिएतापनि बिक्रीका लागि पर्याप्त थिएन । त्यससमय मुस्ताङ आउने पर्यटकलाई यहाँका होटल र रेष्टुरेन्टहरुले बजारिया पाउँडरकै दुध प्रयोग गरी चिया र कफी लगायतका परिकारहरु बिक्री गथ्र्ये ।

तर, पछिल्लो एक दशक यता  मुस्ताङका होटल तथा रेष्टुरेन्टहरुमा बजारिया पाउडरको दुध ८० प्रतिशतले विस्थापित भईसकेको छ । यहाँका होटल रेष्टरेन्टमा बजारिया पाउडरको दुध विस्थापित गरी जर्सी गाईको दुध प्रयोग गर्न थालिएको हो । वि.स. २०७० सालमा यहाँ हिमाली उपआयोजनाले यहाँका स्थानीय कृषकहरुको विविकोपार्जमा सुधार ल्याउने उद्देश्यले उन्नत जर्सी गाईपालनका लागि अनुदानको कार्यक्रम ल्यायो । हिमाली उपआयोजनाले ८० प्रतिशत अनुदान उपलब्ध गराई त्यससमय यहाँका किसानलाई उन्नत जर्सी गाई पालन व्यवसाय गर्न सिकायो । हिमालीको उक्त कार्यक्रममा सबैभन्दा फाईदा यहाँको घरपझोङ—३ स्याङ गाउँका किसानले लिन पुगे । मुस्ताङको स्याङ गाउँ कृषि र पशुपालनमा आत्मनिर्भर गाउँ हो । हिमाली आयोजनाको कार्यक्रमसंगै ूमुस्ताङको स्याङ गाउँमा परम्परागत लुलु गाई पालन छोडेर स्थानीय किसान उन्नत लुलु गाई पालन व्यवसायतर्फ उत्साहित भएर लागिपरे ।

मुस्ताङको स्याङ गाउँमा करिव एक सय बढी घरधुरी मध्ये एक चौथाईले उन्नत जर्सी गाईपालन व्यवसाय अपनाएका छन् । उन्नत जर्सी गाईबाट कृषिका लागि गोबर मलको समस्या टर्ने र दुध उत्पादन गरी मनग्ये आम्दानी गर्न सकिने भएकाले यहाँको स्याङ गाउँ पछिल्लो समय जर्सी गाई पालनको केन्द्र बनेको छ ।

त्यससमय हिमाली उपआयोजनाले यहाँको स्याङ गाउँमा उत्पादन हुने जर्सी गाईको दुध बजारिकरणका लागि अनुदानमा डेरी उद्योग तथा दुग्ध संकलन केन्द्र अनुदान सहुलियतमा स्थापना गरिदिएको थियो । हाल स्याङ गाउँमा संञ्चालित दुग्ध संकलन केन्द्र तथा डेरी उद्योग स्थानीय अमरसन थकालीले चलाएका छन् । स्याङमा उत्पादन हुने दुधको संकलन तथा बजारिकरणका लागि थकालीले दुई जना कर्मचारीलाई व्यवस्थापन गरेका छन् ।

 मुस्ताङको स्याङ गाउँमा उत्पादन हुने दुध दुग्ध संकलन केन्द्रले खरित्ने गरिएको छ । केन्द्रले गाउँमा उत्पादन हुने जर्सी गाईको दुध दैनिक बिहान र बेलुकी संकलन गरेको सबै दुध जम्मा गरेर मुस्ताङको जोमसोम,कागबेनी र मुक्तिनाथका होटलहरुमा लगेर बिक्री गर्ने गरेको दुग्ध संकलन केन्द्रका कर्मचारी  बिमला प्रटेलले जानकारी दिनुभयो ।

 स्याङ स्थित दुग्ध संकलन केन्द्रले स्थानीय जसी गाई पालक किसानको दैनिक ३०० लिटर दुध संकलन गरी बजार पु¥याएर बिक्री गर्ने गरेको कर्मचारी प्रटेलको भनाई छ । ‘गाउँमा करिव २५÷३० घरधुरीले जर्सी गाई पालन गर्नुभएको छ, जसमध्ये १७ घरधुरीले यहाँ केन्द्रलाई बिक्री गर्नुहुन्छ, कर्मचारी प्रटेलले भन्नुभयो,‘ हामीले उहाँबाट खरिद गरेको दुध मुस्ताङका बजारमा ठेक्का गरी बिक्री गर्छौ, यसले किसानलाई दुध बिक्री नहोलाकी भन्ने चिन्ता हुँदैन ।’

मुस्ताङमा बजारिया पाउडरको दुध प्रयोग गर्ने प्रचलन हराई सकेकाले यहाँ जर्सी गाईको दुधको माग बढेको  कर्मचारी प्रटेलको भनाई छ । फागुनदेखि मंसिरसम्म यहाँ पर्यटकीय याम भएकाले जर्सी गाईको दुधको खपत बढी हुने गरेको र हिउँदयाममा अफसिजन भएकाले दुधको खपत कम हुने गरेको छ । यहाँको दुग्ध संकलन केन्द्रले स्थानीय जर्सी गाई पालक किसानसंग प्रति लिटर ८५ रुपैयामा खरिद गरी बजारमा प्रति लिटर ११० रुपैयामा बिक्री गर्ने गरिएको उहाँको भनाई छ ।

केन्द्रले हिउँदयाममा दुधको खपत कम हुँदा दही,घ्यु र छुर्पी आदी परिकारहरु बनाएर बिक्री गर्ने गरिएको कर्मचारी प्रटेलले जानकारी दिनभयो । केन्द्रमा एउँटै किसानले दैनिक ४० लिटरसम्म दुध संकलन केन्द्रमा बिक्री गर्ने गरेको उहाँको भनाई छ ।

 यहाँको स्याङ गाउँकी जर्सी गाई पालक किसान धनमाया थकालीले विगत १० वर्षदेखि जर्सी गाई पाल्न थालेको बताउँनुभयो । खेतबारी धेरै भएकाले मलको समस्यालाई पूर्ति गर्न जर्सी गाई पालन व्यवसाय अघि बढाएको भएपनि जर्सी गाईको दुध बेचेर राम्रो आम्दानी भईरहेको किसान धनमाया थकालीले सुनाउँनुभयो ।‘जर्सी गाई पालनबाट मल कहाबाट ल्याउने भन्ने समस्या पर्दैन, जर्सी गाईकै मल पर्याप्त भएको छ ,धनमायाले भन्नुभयो, दुध बिक्री गरेको पैसाले घाँस र दानाको व्यवस्थापन गर्न पुग्छ ।’ राम्रोसंग समय दिएर जर्सी गाई पालनको व्यवस्थापन सकेमा राम्रै आम्दानी लिन सकिने धनमायाको भनाई छ । उहाँले दुग्ध संकलन केन्द्रले सबै दुध किनिदिने भएकाले दुध बिक्री गर्ने झन्झड नभएको बताउँनुभयो ।

यसैगरी सोही गाउँका अर्का जर्सी गाई पालक किसान सुरेश थकालीले पनि आफुले उत्पादन गरेको सबै दुध संकलन केन्द्रमा पठाउने गरेको बताउँनुभयो । विगत पाँच वर्षदेखि जर्सी गाई पाल्दै आईरहेका थकालीले एक गाईबाट तीन वटा गाई पु¥याएका छन् । जर्सी गाई पालनबाट खेतीपाती गर्न र दुध बेचेर राम्रै आम्दानी भईरहेको बताउँनुभयो । ‘दुध उत्पादन भन्दा पनि कृषिका लागि मल उत्पादन गर्न जर्सी गाई पालेको हुँ, किसान थकालीले भन्नुभयो, तर,जर्सी गाई पालनबाट मल उत्पादनका साथै दुध उत्पादन गरेर फाईदा लिन पाईरहेका छौं ।’

 मुस्ताङको स्याङ गाउँमा उत्पादन भएको जर्सी गाईको दुध संकलन केन्द्रले मोटर साईकल र ट्याक्सीमा ढुवानी गरी जोमसोम,कागबेनी र मुक्तिनाथका होटल र रेष्टुरेन्टहरुमा पु¥याउने गरिएको छ । केन्द्र मार्फत स्थानीय बजारका होटलहरुमा दुध बिक्री गर्न थालिएपछि मुस्ताङमा आएका पर्यटक तथा स्थानीयहरुले उन्नत जर्सी गाईको दुधबाट बनेको चिया खान पाउँने व्यवस्था सहज भएको हो ।


प्रतिक्रिया