मुस्ताङ ।
यहाँको थासाङ गाउँपालिका—२ कोवाङमा आयोजित छैटो खेल मेला २०८२ को खुल्ला भलिबल प्रतियोगितामा शुक्ला गण्डकी तनहु च्याम्पियन बनेको छ । आईतबार सम्पन् फाईनल प्रतिस्पर्धामा शुक्ला गण्डकीले थासाङको लेते भलिबल टोलीलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
धौलागिरी युवाक्लव कोवाङको आयोजनामा भएको छैटौ खेल मेला अन्तर्गतको भलिबल फाईनल प्रतिस्पर्धामा शुक्ला गण्डकी तनहुले (२५—२१, २५—१९ र २५—१६) अंकले लेते भलिबल टोलीलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
यसअघि छैटो खेल मेलाको भलिबल सेमीफाईनलतर्फ शुक्लागण्डकी तनहुले हरिनास स्याङ्जालाई (२६—२४,२३—२६,२५—१२,२१—२५ र १५—११) अंकले बेस्टअफ पाईपमा कठिन जीत निकाल्दै फाईनलमा प्रबेश गरेको थियो । यसैगरी प्रतियोगिताको दोस्रो सेमीफाईनलमा लेतेले कोवाङ भलिबल टोलीलाई (२९—३१,२५—२२,२५—२७,२५—१७ र १५—१२)अंकले कठिन जीत निकाल्दै फाईनलमा पुगेको थियो ।
खुल्ला भलिबल प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको थियो । जसमा ९ वटा भलिबल टोली मुस्ताङ र ५ वटा भलिबल टोली जिल्ला बाहिरकोले सहभागिता जनाएका थिए ।

योसंगै भलिबल प्रतियोगितामा च्याम्पियन बनेको शुक्ला गण्डकी तनहुले नगद ८५ हजारसहित सिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र हात पा¥यो । उपविजेता लेते भलिबल टोलीले नगद ५० हजार पुरस्कारसहित सिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।
यसैगरी छैटौ खेल मेला अन्तर्गत भएको आर्चरी प्रतियोगितामा ब्रदर्श आर्चरी टोली प्रथम र घरपझोङ आर्चरी टोली दोस्रो भयो ।उनीहरुले क्रमश ः नगद ५० हजार र ३० हजार पुरस्कारसहित सिल्ड,मेडल र प्रमाणपत्र पाए । कुल १९ डोरमा संञ्चालन भएको प्रतियोगितामा ८ अंक गुमाउँदै १८२ अंकका साथ ब्रदर्श आर्चरी टोली प्रथम भएको हो । घरपझोङले १२ अंक गुमाउँदै १७८ अंक जोड्दै दोस्रो स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा ब्रदर्श आर्चरी टोलीका बिरेन्द्र बडुवाल सर्वोउत्कृष्ट खेलाडी घोषित भए । उनले कुल व्यक्तिगत ३८ अंकमा शतप्रतिशत अंक जोड्न सफल भएका थिए । आर्चरीतर्फ ७ टोलीले सहभागिता जनाएका थिए ।
यस्तै, यहाँ आयोजित परम्परागत सादा धनुषवाण(तारा) खेल प्रतियोगितामा थासाङको धम्पु टोली प्रथम,घाँसा दोस्रो र घरपझोङको ठिनी तारा टोलीले तेस्रो स्थान सुरक्षित गरे । तारातर्फको प्रथमले नगद ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले नगद १५ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । कुल १५ टोलीको सहभागिता रहेको तारा प्रतियोगितामा थासाङ—२ खन्तीका बुद्धि बुढाथोकी सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् ।
मनोरञ्जनतर्फको खुल्ला नृत्य प्रतियोगितामा नालान्दा बोर्डिङ स्कुल टुकुचे प्रथम,खन्ती कलाकार समुह दोस्रो र जनआदर्श अमरसिंह माध्यमिक विद्यालय तेस्रो भए । खुल्ला नृत्यतर्फ ८ वटा टोलीले सहभागिता जनाएका थिए ।
मुस्ताङको कोवाङमा धौलागिरी युवाक्लव कोवाङले बर्सेनि यसप्रकारको खेल मेला आयोजना गर्दैआईरहेको क्लवका अध्यक्ष मनप्रसाद गौचनले बताउँनुभयो । क्लवले यहाँको घरेलु खेलकुदको विकास र प्रर्वद्धन गर्दै युवाहरुलाई खेलप्रति आर्कर्षित गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्ने गरिएको क्लव अध्यक्ष गौचनको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली