मुस्ताङमा लेंक लागेर आठ महिनामा चार विदेशीसहित ७ जना पर्यटकको मृत्यु

हिमाली जिल्ला मुस्ताङमा पर्वतीय हाईअल्टिच्युडका कारण लेंक लागेर चार विदेशी नागरिकसहित ७ जना पर्यटकको मृत्यु भएको छ । चालु आर्थिक वर्षको भदौं २२ गतेदेखि चैत्र महिनाको २० गतेसम्म मुस्ताङ भ्रमणमा आएका पर्यटक मध्ये हाईअल्टिच्युड सिग्नेसका कारण ६ पुरुषसहित एक महिना पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार हाईअल्टिच्युड सिग्नेसका कारण लेंक लागेर दुई पुरुष र एक महिला गरी तीन जना स्वदेशी पर्यटको मृत्यु भएको हो । यसैगरी तीन जना पुरुष भारतीय पर्यटक र एक जना मेक्सिकोका पर्यटकको लेंक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले बताउँनुभयो ।लेंक लागेर मृत्यु हुनेमा ४१ वर्षको उमेर समुहदेखि ७५ वर्ष उमेर समुहको रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांक अनुसार चालु आ.व.को २२ भदौमा वेलगार्व,उदारखुर्द, कर्नाटक  भारतका ७१ वर्षीय आन्नद माधवाराओ देशपाण्डेको मुक्तिनाथमा लेंक लागेर मृत्यु भएको थियो । असोज २४ गते महालक्ष्मी नगरपालिका—४ ईमाडोल ललितपुर बस्ने ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ—४ जोमसोममा लेंक लागेर मृत्यु भएको हो । कार्तिक ९ गते सिन्धुपाल्चोक जिल्ला माखा गाकायम  बलेफी—१ स.वि. गाउँपालिका —८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ—२ मार्फामा  लेंक लागेर मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।

  कार्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ—३ स्थित एक होटलमा बास बसेको अवस्थामा लेंक लागेर मृत्यु भएको हो । पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेंक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै चैत्र १७ गते ६७ वर्षीय  मेक्सिकोका पर्यटक फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका—१ टुकुचे स्थित पक्की पुल नजिक लेंक लागेर मृत्यु भएको हो भने चैत्र २० गते ठोरी गाउँपालिका—४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको  मुक्तिनाथ मन्दिरमा लेंक लागेर मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

मुस्ताङको उच्चउचाई पर्वतीय क्षेत्रमा भ्रमण गर्ने तथा मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकहरुलाई हाईअल्टिच्युड सिग्नेशको कारण लेंक लाग्ने समस्याको स्वास्थ्य उपचार गराउन मुक्तिनाथ मन्दिरमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर स्थापना गरिएको छ । प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्रको आपसी समन्वय र सहकार्यमा मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी पर्यटकको स्वास्थ्य रक्षाका लागि हाईअःिटच्यड ट्रिटमेन्ट सेन्टर स्थापना गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिरमा लेंक लागेका बिरामीको उपचार गर्न तीन शैयाको अक्सिजनसहित औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको स्वास्थ्य संयोजक बोहोराको भनाई छ ।

 पर्वतीय क्षेत्रको उच्चउचाईको यात्रा गर्दा कतिपय पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको पाईएको छ । उच्चउचाईको स्थानमा अक्सिनको लेवक कम हुने भएकाले शारिरीक रुपमा अशक्त,ज्येष्ठ नागरिक र दीर्घ रोगका बिरामी पर्यटकले लेंक लाग्ने समस्या देखिने गरेको छ । बेसीबाट मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरुले हतार हतार यात्रा गर्ने भएकाले पनि लेंक लाग्ने समस्या बढी हुने गरेको छ ।  समून्द्री सतहको ३८०० मिटरको उचाईमा अवस्थित मुक्तिनाथका दर्शन गर्न आएका पर्यटकहरुले पूर्व स्वास्थ्य सावधानी र सामान्य स्वास्थ्य परीक्षण गराएर मात्रै मुस्ताङको यात्रा गर्द उपयुक्त हुने स्वास्थ्य संयोजक बोहोराको भनाई छ ।

 मुस्ताङमा हाईअल्टिच्युड सिग्नेसका कारण लेंक लाग्ने समस्याबाट पर्यटक तथा भक्तजनको स्वास्थ्य रक्षाका लागि हाईअल्टिच्युड सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु समेत आयोजना गरिने गरिएको छ । प्रदेश स्वास्थ्य कार्यालय ,प्रदेश अस्पताल,मुक्तिनाग विकास समिति र सुरक्षा निकायहरुले लेंक लाग्ने समस्याबाट जोगिने पर्चा पम्प्लेट वितरणका गर्ने र पर्यटकहरुलाई लेंक लाग्ने समस्याका बारेमा जानकारी गराउने गरिएको छ ।


प्रतिक्रिया