मुस्ताङमा किसानलाई हाते ट्याक्टरसहित १३ प्रकारका उपकरण हस्तान्तरण

यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम ,कार्यक्रम  कार्यान्वयन एकाई मुस्ताङले यहाँका किसानलाई पचास प्रतिशत अनुदान सहुलियतमा खेत जोत्ने हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको हो ।

एकाईले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तर्गत यहाँका किसानहरुकोमा माग संख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कायान्वयन एकाई मुस्ताङका प्रमुख भरत गौतमका अनुसार  स्याउ र आलु जोनमा सुचिकृत किसानहरुलाई कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका  जोनमा आवद्ध किसानलाई उनीहरुको मागमा आधारित कृषि यान्त्रिक उपकरण मंगलबारदेखि हस्तान्तरण गरिन थालिएको बताउँनुभयो । यहाँका पाँच स्थानीय तहका  स्याउ र आलु जोनमा सुचिकृत ५७ जना किसानहरुलाई  खेत जोत्ने हाते ट्याक्टर (मिनी ट्रेलर) सहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण पचास प्रतिशत अनुदान सहुलियत दिने गरी हस्तान्तरण गरिएको एकाई प्रमुख गौतमले उल्लेख गर्नुभयो ।

 एकाईले यहाँको परम्परागत  कृषि प्रणालीलाई प्रविधिमैत्री विकास गरी कृषकहरुको कार्यसम्पादनमा छिटोछरितो र सहजता ल्याउन यसप्रकारको कृषि यान्त्रिक उपकरण प्रविधि बर्सेनि हस्तान्तरण गर्दैआईरहेको छ । एकाई कार्यालय अनुसार चालु आवमा एकाईबाट उन्नाईस लाख र लाभग्राही किसानबाट उन्नाईस लाख गरी अठ्तिस लाख बढीको यान्त्रिक कृषि उपकरण हस्तान्तरण भएको हो ।

एकाईले स्याउ र आलु जोनमा सूचिकृत किसानलाई एक लाख २० हजार मुल्य पर्ने डिजेलवाला हाते ट्याक्टर  १२ थान, असी हजार मुल्य पर्ने पेट्रोलवाला हाते ट्याक्टर १७ थान र  सानो खालको पेट्रोलवाला हाते ट्याक्टर २ थान गरी ३१ थान हाते ट्याक्टर मंगलबार एकाई कार्यालय परिसरबाटै सम्वन्धित किसानलाई हस्तान्तरण गरेको एकाई प्रमुख भरत गौतमले जानकारी दिनुभयो ।

यसैगरी स्याउ र आलु जोनमा सूचिकृत किसानलाई पचास प्रतिशत अनुदान सहुलियतमा  घाँस काट्ने उपकरण ६ थान,आलु र स्याउ जोख्ने तराजु ३ थान,स्याउको हाँगाबिगा काट्ने सिगेचर १६ थान ,करौती १३ थान,मोटर स्प्रे ८ थान ,पावर स्प्रे १७ थान  र स्याउको गुणस्तर मापन गर्ने उपकरण रिफेक्टो मिटर १ थान लगायतका कृषि यान्त्रिक उपकरण हस्तान्तरण भएको एकाई प्रमुख गौतमले बताउँनुभयो ।

राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम ,कार्यक्रम  कार्यान्वयन एकाई मुस्ताङमा हालसम्म आलु जोनतर्फ ८४ र स्याउ जोनतर्फ २९० वटा कृषक,कृषक समुह,सहकारी र फार्महरु सुचिकृत भईसकेको एकाईले जनाएको छ ।

पछिल्लो समय मुस्ताङका किसानहरु परम्परागत कृषि पद्यती छाडेर आधुनिक यान्त्रिक कृषि उपकरण प्रविधिमा रुपान्तरित हुन थालेका छन् । परम्रागत गोरु र झोपाको सहयोगमा खेतबारी खनजोत गर्दैआईरहेका यहाँका किसानहरुले यान्त्रिक उपकरण हाते ट्याक्टर प्रयोग गर्न थालेका हुन् । थोरै समयमा कम जनशक्तिले उपकरणको सहायताबाट धेरै खेतबारी खनजोत गर्न सकिने भएकाले खेत जोत्ने हाते ट्याक्टर प्र्रविधि कृषकहरुका लागि निकै सहयोगी बनेको छ । खेतबारी खनजोतका लागि धेरै जनशक्ति जुटाउनु पर्ने बाध्यता र समय समेत धेरै समय लाग्ने भएकाले आधुनिक कृषि प्रविधिले जनशक्ति व्यवस्थापन गर्ने झन्झट र समयको बचत समेत हुने गरेको किसानहरु बताउँछन् ।

यसैगरी एकाईसहित अन्य कृषिसंग सम्वन्धित सरकारी निकायबाट विभिन्न प्रकारका कृषि यान्त्रिक उपकरण प्रविधि अनुदान सहुलियतमा बितरण गर्न थालिएपछि जिल्लाका अधिकाँश किसानले यसप्रकारको प्रविधि पछ्याउन थालेका हुन् ।

प्रतिक्रिया