यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित हिन्दु तथा बौद्धमार्गीहरुको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने (कागबेनी—मुक्तिनाथ) सडकखण्डको मर्मत तथा स्तरोन्नति थालिएको छ । हिमपात र वर्षाका कारण बर्सेनि दर्जनौं पटक सडक जमिन भाँसिने र जीर्ण बन्दै गएका कारण उक्त सडकमको मर्मत तथा स्तरोन्नति सुरु गरिएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले यहाँको (कागबेनी—मुक्तिनाथ) १२ किमी सडकखण्डको आवश्यक स्थानमा मर्मत तथा स्रोन्नति सुरु गरिएको हो ।यो सडक मर्मत तथा स्तरोन्नतिका लागि धोर्जे फूर्वा निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच सालबसाली ठेक्का सम्झौता भएको हो ।
मुक्तिनाथ जोड्ने कागबेनी—मुक्तिनाथ सडकखण्ड अन्तर्गत वारागुङ—१को खिङ्गादेखि झारकोटसम्मको अप्ठयारो सडकमा मर्मत तथा स्तरोन्नति गरिंदै छ । यस्तै कागबनी देखि माथि मुक्तिनाथ जाने उकालो ट्रनिङहरुमा कटिङ गरी सडक चौडा गरिने पूर्वाधार विकास कार्यालयका सवईन्जिनीयर जगदीश जोशीले जानकारी दिनुभयो । मुक्तिनाथ सडकको झारकोट गाउँको ओराला सडक त्यस तलको अप्ठ्यारो र जीर्ण बन्दै गईरहेको सडकमा दुईतर्फी सवारी संञ्चालन गर्न मिल्ने गरी ग्याविन वाल लगाएर फिलिङ गर्ने,ड्रेन,कल्भर्ट र वाल निर्माण गर्ने कार्य भईरहेको सवईन्जिनीयर जोशीले उल्लेख गर्नुभयो ।
सडक मर्मत तथा स्तरोन्नति हुँदै गरेको कागबेनी—मुक्तिनाथ सडक चालु आवको असारसम्ममा सम्पन्न गरिने पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । उक्त सडकको मर्मत तथा स्तरोन्नतिसंगै सडकको ड्रेनहरुमा थुप्रिएको माटो पन्छ्उने लगायतका कार्य गरिने छन् । सोही क्षेत्रका वडाध्यक्ष प्रवेश गुरुङले दिनहु सयौं सवारी साधन आवतजावत गर्ने कागबेनी—मुक्तिनाथ सडकको केही स्थानमा सडक असहज हुँदा सवारी साधनको आउजाउमा समस्या पर्ने गरेको बताउँनुभयो ।
बर्सेनि हिमपात र वर्षाले सडक भाँसिने,पुरिन,हिलाम्मे हुने र सडक संरचनामा क्षति हुने समस्या रहेकोमा हाल यो सडकलाई थप मर्मत सुधार गरी सडक सहज बनाउने प्रयास भईरहेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।‘बर्सेनि हिमपात र वर्षाले यहाँको कागबेनी—मुक्तिनाथ सडकमा क्षति हुने गर्छ, वर्षमा ५÷६ पटक सम्म सवारी आवागमनमा समस्या हुन्छ, वडाध्यक्ष गुरुङले भन्नुुभयो,‘ स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायले सवारी आवागमनमा सहजीकरण गर्ने गरेका थियौं,अब त्यो समस्या समाधान गर्न सडक मर्मत सुधारको काम अघि बढाएका हौ ।’
कागबेनी—मुक्तिनाथ सडक असहज हुँदा मुक्तिनाथ आवतजावत गर्ने ठुलो सवारी साधनलाई निकै समस्या हुने गरेको थियो । सांघुरो घम्ती मोडमा ठुला सवारी साधनलाई मोड नपुग्दा सवारी दुर्घटनाको जोखिम थियो । सडक मर्मत तथा स्तरोन्नति कार्यले मुक्तिनाथ जाने सवारी साधनहरुलाई आवतजावतमा निकै ठुलो सहयोग मिल्ने विश्वाश गरिएको छ ।
यसअघि विस २०७४ सालमा यहाको पवित्र धार्मिक स्थल मुक्तिनाथ जोड्ने कागबेनी—मुक्तिनाथ १२ किलोमिटर सडकको साविक जिल्ला विकास समिति मार्फत स्थानीय कृषि पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलीडार)ले सडक कालोपत्र गरेको थियो । सडक कालोपत्र भएको झन्डै आठ वर्षको अन्र्तरालमा कागबेनी—मुक्तिनाथ सडक खण्डको खिङ्गा देखि झारकोट सम्मको दुरीमा कालोपत्र सडक उप्किने,बिग्रने, र सडक संरचनामा क्षति पुगेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली