मुस्ताङमा अक्सिजन उत्पादनले हाईअल्टिच्युडका बिरामीलाई राहत

यहाँको घरपझोङ—४ जोमसोम स्थित २५ शैयाको प्रदेश अस्पतालमा अक्सिजन प्लान संञ्चालनमा छ । प्लान्टमा उत्पादन अक्सिजनले  हाईअल्टिच्युड तथा आपतेकालिन सेवामा राहत पुगेको छ  । 

सन् २०२२ देखि प्रदेश अस्पताल जोमसोममा सञ्चालनमा रहेको अक्सिजन प्लान्टबाट यो सेवा संञ्चालनमा आएको हो ।विगत चार वर्षदेखि जिल्ला भित्रै अक्सिजन उत्पादन हुन थालेपछि यहाँका स्वास्थ्य संस्था र सुरक्षाकर्मीहरुले अन्य जिल्लाबाट अक्सिजन सिलिन्डर ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

प्रादेशिक सरकारको सहयोगमा स्थापना गरिएको अक्सिजन प्लानमा दैनिक ६ वटा भन्दा बढी सिलिन्डर उत्पादन गर्ने गरिएको छ । यहाँ प्लान्टबाट उत्पादन गरिएको अक्सिजन सिलिन्डरमा भरेर जिल्लाका पाँच वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा पु¥याउने गरिएको छ । सन् २०२२ अघि मुस्ताङको प्रदेश अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट उपकरण नहुँदा समस्या थियो । गम्भिर प्रकृतिका बिरामीदेखि लेंक लागेका बिरामीहरुको उपचारमा अक्सिजनको उलब्धताले निकै ठुलो सहयोग पुगेको छ ।

 मुस्ताङ स्थित प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलका अनुसार अस्पतालमा दैनिक रुपमा प्लान्टद्वारा अक्सिजन उत्पादन गर्ने गरिएको बताउँनुभयो । अस्पतालको सेवा र जिल्लाभरीका स्वास्थ्य संस्थाहरुमा यहाँको अक्सिजन खपत हुने गरेको जानकारी दिनुभयो । मुस्ताङका पालिका र वडा स्तरको स्वास्थ्य संस्था र सुरक्षा निकाय लगायतले सशुल्क रुपमा प्रादेशिक अस्पतालबाट अक्सिजन सिलिन्डर लैजाने गरेको डा. कडेलको भनाई छ ।

यसैगरी प्रदेश अस्पताल जोमसोमबाट हुने स्वास्थ्य प्रवाहमा आफ्नै अक्सिजन उत्पादन हुँदा स्वास्थ्य सेवा लिन आएका बिरामीहरुलाई निकै ठुलो राहत पुगेको डा. कडेलले उल्लेख गर्नुभयो । अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अक्सिजनको आवश्यकता परेमा सीमित शुल्क लिने गरिएको छ । जिल्लाका स्वास्थ्य संस्था र सुरक्षा निकायहरुलाई अक्सिजन सिलिन्डर उपलब्ध गराउन परेमा ठुलो सिलिन्डरको रु. ६०० र सानो सिलिन्डरको रु. ३०० रुपैया शुल्क तोकिएको छ ।

मुस्ताङ अस्पतालमा अक्सिजन उत्पादन गर्ने सुविधाले यहाँको दुर्गम भौगोलिक अवस्था,कठिन मौसम र आपत्कालिन अवस्थामा अक्सिजन आपूर्तिमा देखिदै आईरहेको समस्या र चुनौति समाधान गर्न चार वर्षअघि आधुनिक प्रविधियुक्त अक्सिजन उत्पादन प्रणाली जडान गरिएको थियो ।

यहाँको अस्पतालमा स्थापित अक्सिजन प्लान्टबाट पीएसए प्रविधिमा आधारित छ ।वातावरणीय हावाबाट नाईट्रोजन अलग गरी उच्च शुद्धताको स्वास्थ्य अक्सिजन उत्पादन गर्ने गर्छ । यहाँ उत्पादन हुने अक्सिजनले बाह्य परनिर्भताको अन्त्य गरेको प्रादेशिक अस्पतालको भनाई छ ।

अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कडेलका अनुसार यहाँको अक्सिजन प्लान्ट व्यवस्थापनले हिमाली क्षेत्रको आपत्कालिन सेजा,शिल्यक्रिया र आकस्मिक सेवामा ठुलो सहयोग पुगेको छ ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा बर्सेनि हजारौ आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थित हुने गरेको र यहाँ यात्रा गर्दाको अवस्थामा कतिपय पर्यटकहरुलाई हाईअल्टिच्युडका कारण लेंक लाग्ने समस्या देखिने गरेको छ । यस्ता प्रकृतिका बिरामीलाई यथाशिघ्र अक्सिजनका आवश्यकता पर्ने डा. कडेलको भनाई छ । अक्सिजननै एक प्रकारको औषधि भएकाले पर्यटक तथा सवसाधारणको जिवनरक्षामा अस्पतालको प्लान्टले उत्पादन गर्ने अक्सिजन बरदान भएको बताउँनुभयो ।

प्रतिक्रिया