मुस्ताङको वारागुङ र घरपझोङमा पञ्चवर्षीय उर्जा योजना हस्तान्तरण

जोमसोम ।

यहा स्थित मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बुधबार उर्जा योजना हस्तान्तरण गरिएको छ । जर्मन संस्था जेआईजेट र युरोपेली युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि तयार पारिएको पञ्चवर्र्षीय उर्जा योजना हस्तान्तरण भएको हो ।

यहाँ आयोजित पालिका उर्जा योजना हस्तान्तरण कार्यक्रममा युरोपेली युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापन रञ्जनकुमार श्रेष्ठ लगायत जर्मन सहयोग निकाय जेआईजेटका कार्यक्रम व्यवस्थापक लगायतले वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका कार्यालयलाई पालिका उर्जा योजना हस्तान्तरण गरेका हुन् ।

 यहा स्थित स्थानीय तहको पालिका उर्जा योजनाद्वारा स्वच्छ  र दक्ष उर्जा योजनाको व्यवस्थित कार्यक्रम तर्जुमा,कार्यान्वयन र अनुगमन गर्नुका साथै स्वच्छ उर्जाका सेवाहरुमा पहँुच बढाउने तथा  उर्जा सम्वन्धि लगानीका स्रोतहरु पहिचान गरी तथ्यमा आधारित नीति निर्माण, कार्ययोजना र मूल्यांकनमा सहयोग पु¥याउने उद्देश्यले यहाँको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि उर्जा योजना तयार गरिएको हो ।


जेआईजेट परियोजना अन्तर्गत यहाँका दुई पालिकामा सम्वन्धि प्राविधिक विशषेज्ञद्धारा फिल्ड सर्वेक्षण गरी विस्तृत अध्ययन मार्फत पञ्चवर्षीय उर्जा योजना निर्माण गरिएको हो । यहाँको वारागुङ मुक्तिक्षृेत्रमा ८१ पृष्ठ लामो पालिका उर्जा योजना तयार पारिएको हो । यस्तै, घरपझोङ गाउँपालिका लागि पनि ८९ पृष्ठ लामो पञ्चवर्षीय उर्जा योजना तयार पारिएको हो ।

विदेशी दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा जेआईजेट परियोजनाद्वारा यहाँको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा उर्जा क्षेत्रको सम्भावना, चुनौति यसको व्यवस्थापन कार्ययोजनाको प्रस्तावित पालिका उर्जा योजना निर्माण गरिएको हो । प्रस्तावित पालिका उर्जा योजनामा घरायसी स्तरको विद्युत प्रयोगमा गुणस्तरीयता कायम गर्ने,परम्परागत रुपमा संञ्चालन भएका घरायसी चुल्होको विकल्पमा स्वच्छ उर्जामैत्री उपकरणको प्रर्वद्धन गर्ने र गुणस्तरीय उर्जा खपत कम गर्ने उपकरण प्रयोग गर्न समुदायलाई प्रोत्साहित गर्ने लगायतको योजना समेटिएका छन् ।

यसैगरी समुदाय र व्यवसायिक तहमा स्थानीय स्रोत साधनको अधिकत उपयोग र दिगो व्यवस्थापनका लागि स्वच्छ उर्जाको प्रयोग मार्फत आयआर्जन बढाउदै रोजागारीको सृजना गर्ने , स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थहरुलाई विविधिकरण गरी व्यवसायिकता प्रदान गर्न नवीकरणीय उर्जाको प्रयोग बढाउने र दिगो पर्यटन प्रर्वद्धनका लागि स्वच्छ उर्जाको अधिकतम प्रयोग गर्ने गरी पालिका उर्जा योजना निर्माण गरिएको छ । संस्थागततर्फ उर्जा प्रर्वद्धनका लागि आवश्यक नीतिहरु निर्माण गर्ने,प्रविधिमैत्री उर्जाको प्रर्वद्धन गरी आर्थिक,सामाजिक विकायमा टेवा पु¥याउने , उर्जा दक्षता र पहुँच वृद्धि सम्वन्धि कार्यक्रम संञ्चालन गर्ने र कर्मचारी तथा जनप्रतिनिधिहरुको उर्जा प्रर्वद्धन सम्वन्धि क्षमतालाई अभिवृद्धि गर्ने लगायतका कार्यक्रम समेटिएका छन् ।

यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि पञ्चवर्र्षीय उर्जा योेजना कार्यान्वयनका गर्न  चौध करोड ७२ लाख रुपैया बराबरको खर्च लाग्ने प्रस्तावित योजना तयार भएको छ । जसअन्तर्गत पहिलो वर्ष २ करोड ७५ लाख,दोस्रो वर्ष २ करोड ६० लाख ,तेस्रो वर्ष २ करोड ५८ लाख ,चौथो वर्ष  २ करोड ५३ लाख र पाचौ वर्ष २ करोड ४८ लाख बजेट प्रस्तावित उर्जा योजना तयार भएको हो ।

यसैगरी जेआईजेटले तयार गरेको उर्जा योजना अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा २१ करोड ८८ लाख लागतको पञ्चवषबर्षीय उर्जा योजना बनेको हो । घरपझोङका लाग पहिलो वर्ष ३ करोड ६८ लाख, दोस्रो वर्ष ३ करोड ८३लाख, तेस्रो वर्ष ४ करोड ५१ लाख,चौथो वर्ष ५ करोड १२ लाख र पाचौ वर्ष ४ करोड ७२ लाख खर्च लाग्ने गरी प्रस्तावित खाका तयार भएको हो ।

यहाँका दुई पालिकामा तयार पारिएको उर्जा योजनाले गाउँपालिका भित्रका उर्जा क्षेत्रमा विद्यमान रहेका सम्भावनाहरुलाई कार्यक्रम मार्फत समेट्दै आर्थिक स्रोतको व्यवस्थापन र कार्यान्वयन प्रक्रियामा लैजान सहज हुने युरोपेली युनियनका कार्यक्रम व्यवस्थापक रञ्जनकुुमार श्रेष्ठले उल्लेख गर्नुभयो ।  हस्तान्तरण गरिएको उर्जा योजना गाईड लाईन भएकाले यसैका माध्यमबाट प्रादेशिक,संघीय र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र लगायतका संस्थाहरुबाट समेत सहयोग प्राप्त हुने बताउँनुभयो ।

 यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले गाउँपालिकामा हाल उर्जा जोखिम रहेकाले यस योजना मार्फत उर्जा व्यवस्थापन र जोखिम न्यूनिकरण गर्न सहज हुने बताउँनुभयो । गाउँपालिकाले यसै योजनामा रहेको उर्जामैत्री भवनको कार्ययोजनालाई अघि बढाउने बताउँनुभयो ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले खेर गईरहेका उर्जाहरुलाई समुचित प्रयोग गरी उर्जा संकट न्यूनिकरण गर्न सकिने भएकाले पाँच वर्षे गाईड लाईन योजनाले बित्तिय व्यवस्थापनको ढोका खुल्ने विश्वाश व्यक्त गर्नुभयो ।

यहाँ आयोजित पालिका उर्जा योजना कार्यक्रमको क्रममा घरपझोङ गाउँपालिकामा सौर्य तापीय उर्जा प्रणालीसहितको उर्जा प्रवलिकरण गरिएको कार्यकक्षको समुद्घाटन गरिएको छ । युरोपेली युनियन अन्तर्गत विन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उर्जा प्रवलिकरण कार्यकक्षको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र युरोपेली युनियनका कार्यक्रम व्यवस्थापक रञ्जनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका गर्नुभयो । प्रवलिकरण कार्यकक्ष निर्माण संगै पालिकामा कार्यरत कर्मचारीले अत्यधिक चिसो याममा समेत रहेर कार्यसम्पादन गर्न सकिने बताईएको छ ।


प्रतिक्रिया