जोमसोम ।।
मुस्ताङको घरपझोङ गाउँपालिकाले गाउँ टोल सरसफाई तथा वातावरण संरक्षणमा योगदान पु¥याएवापत घरपझोङ—१ चिमाङ र घरपझोङ—५ ठिनी आमा समुहलाई नगद पुरस्कारसहित प्रशंसापत्रद्वारा सम्मान अर्पण गरेको छ । गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनमा चिमाङ र ठिनी आमा समुहलाई नगद १० हजार पुरस्कारसहित सम्मान गरेको हो ।

गाउँपालिकाले गाउँपालिका भित्र रहेका ५ वटै वडाहरुको अवलोकन तथा मूल्यांकन गरी सरसफाई कार्यमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै नगद पुरस्कारबाट सम्मान अर्पण गरेको हो ।
पुरस्कार तथा प्रशंसापत्र जिसस प्रमुख माया गुरुङ र प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल लगायतले दोसल्ला ओढाएर सम्मान अर्पण गरेका हुन् ।
९ असार २०८२, मङ्गलबार ०३:०६ मा प्रकाशित
921
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली