यहाँ स्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई वन्यजन्तुबाट भएको क्षतिको राहत रकम वितरण गरिएको छ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ,ईलाका सरक्षण कार्यालय (एक्याप) लोमान्थाङले सोमबार माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका वन्यजन्तु पीडित घरधुरीलाई बैंक खातामा जम्मा हुने गरी क्षति राहत रकम प्रदान गरेको हो ।
एक्याप लोमान्थाङले आ.व. २०८१÷०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम पाउँन बाँकी रहेका र आ.व. २०८१÷०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम नपाएका २८ वटा घरधुरीका ४२ वटा वन्यजन्तुबाट भएको क्षति घटनामा १०५ वटा पशुधनको क्षति भएको राहत रकम हस्तान्तरण भएको जनाएको छ । प्रमुख उमेश पौडेलका अनुसार पोहोर सालमा छुटेका र गत आ.व.मा वन्यजन्तुबाट भएको पशुधन क्षति वापत २८ घरधुरीलाई रु. पन्ध्र लाख रुपैया सम्वन्धि पशुधनीहरुको बैंक खातमा दाखिला गरिएको जानकारी दिनुभयो । एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका दुईपालिकाका पधुधनीले पालेका घोडा १६ वटा,च्यांग्रा ६३ वटा ,भेडा २१ वटा र याक ५ वटाको क्षति राहत रकम हस्तान्तरण गरेको प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।
एक्याप लोमान्थाङका अनुसार पोहोर साल छुटेका र गत आ.व.मा क्षति भएका मध्ये ७७ वटा पशुधन हिउँ चितुवाको आक्रमणबाट र २८ वटा जंगली ब्वाँसोको आक्रमणबाट क्षति भएको जनाएको छ । यसैगरी चालु आ.व. २०८२/०८३ को पाँच महिनामा माथिल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट ४३ वटा पशुधनको क्षति भएको एक्याप लोमान्थाङले जनाएको छ । जसमध्ये १९ वटा पशुधन हिउँ चितुवाबाट र २४ वटा पशुधन जंगली ब्वाँसोको आक्रमणबाट क्षति भएको एक्याप लोमान्थाङको भनाई छ ।
यसअघि एक्याप लोमान्थाङले आ.व. २०८१/०८२ मा पशुधन क्षति भएवापत पहिलो लटका पशुधनीहरुलाई गत असार ३१ गते माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पशुधनीहरुलाई वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम स्वरुप १२ घरधुरीलाई एघार लाख ३५ हजार रुपैया सम्वन्धि पशुधनीको बैंक खातामा जम्मा हुने गरी हस्तान्तरण गरेको थियो ।
योसंगै पछिल्लो दुई आर्थिक वर्षमा माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा गरी एक्याल लोमान्थाङले छब्बिस लाख ३५ हजार रुपैया राहत रकम हस्तान्तरण गरेको जनाएको छ ।
एक्याप लोमान्थाङले राहत रकम हस्तान्तरण गरेको बैंक भौजर सम्वन्धित पशुधनीहरुलाई वितरण गरेको छ । सोही अवसरमा एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका पशुपालक किसानलाई वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत प्रक्रिया लगायतका बारेमा जानकारी गराएको प्रमुख पौडेलले बताउँनुभयो । संरक्षित क्षेत्रका पशुपालक किसानलाई वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम नेपाल सरकार अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले राहत रकम एक्यापमा पठाउने र त्यसलाई सम्वन्धि पशुधनीको खातामा सिधैं जम्मा गरिदिने गरेको बताउँनुभयो । एक्यापले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका (२०८०)को चौथो संशोधन बमोजिम प्रदान गर्ने गरेको बताउँनुभयो ।
यसैगरी यहाँको एक्याप जोमसोमले पनि यहाँका वन्यजन्तु पीडित पशुधनीहरुलाई आ.व. २०८०÷०८१ र आ.व. २०८१÷०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत स्वरुप २७ कार्तिकमा २६ घरधुरीका १११ पशुधन क्षति वापतको १३ लाख १८ हजार रुपैया उपलब्ध गराएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली