मुस्ताङमा जिल्ला बाल सञ्जाल पूनगर्ठन, अध्यक्षमा रेजिना गुरुङ

 हिमाली जिल्ला मुस्ताङमा जिल्ला स्तरीय बाल सञ्जाल पूनगर्ठन गरिएको छ । गण्डकी प्रदेशको बालक्लव गठन तथा परिचालन मापदण्ड,२०७८ बमोजिम बुधबार जिल्ला स्तरीय बाल संञ्जाल गठन गरिएको हो ।

गण्डकी प्रदेश सरकार,उद्योग तथा पर्यटन मन्त्रालय तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत यहाँको एकिकृत सेवा कार्यालय मुस्ताङले जिल्ला  बाल अधिकार समितिको समन्वयमा जिल्ला बाल सञ्जाल पूनरगर्ठन गरेको हो ।

  जिल्ला स्तरीय बाल सञ्जालको अध्यक्षमा जनआदर्श माध्यमिक बिद्यालयकी छात्रा रेजिना गुरुङ चयन भएकी छिन् ।  उपाध्यक्षमा जनवालकी सुजनी परियार , सचिव दिव्यदीप छोसेरकी रिन्जिङ आङ्मो गुरुङ, कोषाध्यक्षमा जनज्योती घिलिङका टसी ग्याल्जेन गुरुङ र सहसचिवमा  जननर्मल छुसाङकी प्रविना पाईजा जिल्ला स्तरीय बाल सञ्जालमा छानिएका हुन् ।

सञ्जालको सदस्यहरुमा राजु वि.क., गोर्खे बुढामगर, निर्मल सुनार, सुमन वटाला, नेन्देन डोल्मा गुरुङ र प्रशंसा थापा क्षेत्री चुनिएका हुन् ।

 गठित जिल्ला बाल सञ्जाल पूनरगर्ठन कार्यक्रममा जिल्ला न्यायधिवत्ता सुशिला ज्ञवाली,सहायक प्रजिअ एकनारायण भण्डारी ,डिएसपी रामचन्द्र तिवारी,कार्यालय, जिल्ला बाल अधिकारी समिति लगायत बिद्यालय तथा गाउँपालिकाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।  

 जिल्ला स्तरीय बालसञ्जाल गठनका लागि मुस्ताङका पाँच वटै पालिकामा रहेका सामुदायिक बिद्यालयका २÷२ जना बिद्यार्थी अनिवार्य सहभागी रहने गरी सञ्जाल गठन गरिएको एकिकृत सेवा कार्यालयका प्रमुख निरुपति दर्जीले जानकारी दिनुभयो ।


प्रतिक्रिया