मुस्ताङमा स्याउ,आलु र च्यांग्रा जोनमा चार सय ५८ किसान सुचिकृत

मुस्ताङ,१,साउन ।

मुस्ताङमा चार सय ५८ किसान जोनमा सुचिकृत भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई अन्तर्गत हालसम्म मुस्ताङमा स्याउ ,आलु र च्यांग्रा जोन कार्यक्रममा गरी उक्त संख्यामा किसानहरुका फर्म,समुह र सहकारी संस्था सुचिकृत भएका हुन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा  च्यांग्रा जोन कार्यक्रम आव २०७८/०७९ देखि कार्यान्वयनमा आएको हो । यस्तै, स्याउ जोन कार्यक्रममा आव २०७५/०७६ देखि र आलु जोन कार्यक्रममा आव २०८०/०८१ देखि कार्यान्वयनमा आएको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमका अनुसार आव २०७५/०७६ देखि कार्यान्वयनमा आएको स्याउ जोन कार्यक्रममा हालसम्म दुई सय ५८ जना किसानहरु सूचिकृत भएका छन् । चालु आवमा मात्रै ९२ जना किसान स्याउ जोन कार्यक्रममा सुचिकृत भएका कार्यालय प्रमुख गौतमले उल्लेख गर्नुभयो ।

आव २०७८/०७९ सालदेखि कार्यान्वयनमा आएको च्यांग्रा जोन कार्यक्रममा हालसम्म  एक सय ३५ किसान सुचिकृत भएका हुन् । जसमध्ये एक सय २९ वटा कृषि फर्म र ६ वटा कृषक समुह रहेको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो । चालुवर्ष ५७ किसान च्यांग्रा जोन कार्यक्रममा सुचिकृत भएको कार्यालय प्रमुख गौतमले बताउँनुभयो ।

 यसैगरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइ अन्तर्गत आव २०८०/०८१ देखि कार्यान्वयनमा आएको आलु जोन कार्यक्रममा  ९९ किसानहरुको फर्म,समुह र सहकारी संख्या सुचिकृत भएका छन् । चालु वर्ष २८ वटा किसानका फर्म,समुह र सहकारी संस्था आलु जोनमा सूचिकृत भएको कार्यालय प्रमुख गौतमको भनाई छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइमा सूचिकृत भएका किसानका फर्म,समुह र सहकारी संस्थाहरुलाई  अनुदान सहुलियतमा प्रविधि,पूर्वाधार र जोन व्यवस्थापनमा चाहिने सामानहरु उपलब्ध गराईने गरिएको छ । च्यांग्रा,आलु र स्याउको उत्पादन वृद्धि,प्रोत्साहन,प्रवद्र्धन र किसानहरुको जिविकोपार्जनमा  सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइले बर्सेनि मागमा आधारित लाभग्राही फर्म,समुह र सहकारी संख्याहरुलाई अनुदान सहुलियतमा यसप्रकारका पूर्वाधार निर्माण र प्रविधि खरिदमा सहयोग प्राप्त हुने गरेको कार्यालय प्रमुख भरत गौतमले जानकारी दिनुभयो ।

स्याउ जोन अनुदान

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङमा सूचिकृत स्याउ जोन किसानलाई चालु आव २०८२/०८३ को वार्षीक स्वीकृत कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माण र कृषि यान्त्रिक उपकरणहरु अनुदान सहुलियतमा वितरण गरिएको छ । कार्यालयका अनुसार  स्याउ जोन कार्यक्रम अन्तर्गत यसवर्ष उच्चघनत्व प्रविधिमा आधारित स्याउको बेर्ना वितरण मार्फत क्षेत्र विस्तार गर्न सोह्र हजार स्याउका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

स्याउ जोनको प्रतिविरुवा पाँच सय ७५ रुपैया र लाभग्राही किसानको पाँच सय ७५ रुपैया लागत साझेदारी रहने गरी प्रति स्याउका विरुवा एक हजार १५० रुपैयामा खरिद गरिएको हो । यसवर्ष पाँच हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने गरी १०४ लाभग्राही किसानलाई स्याउको विरुवा वितरण गरिएको हो ।

भण्डारण प्रशोधन तथा प्रशोधन उद्योग स्थापना कार्यक्रम अन्तर्गत जोनमा आवद्ध मुस्ताङका चार लाभग्राही किसानलाई अनुदान सहुलियत उपकरण प्रदान गरिएको छ । जसअन्तर्गत कोल्ड स्टोर एक र स्याउको जुस बनाउने उपकरण तीन गरी चार किसान लाभान्वित भएका छन् । जोन मार्फत यसवर्ष नर्सरी स्रोत केन्द्र स्थापना गरी एक किसानले अनुदान पाएका छन् । यसैगरी सिंचाई पूर्वाधार निर्माणमा २१ वटा,प्याकेजिङ लेवलिङ मार्फत स्याउको कार्टुन वितरण अनुदानतर्फ ७६ जना किसानका फर्म,समुह र सहकारी प्रत्यक्ष लाभान्वित भएका छन् ।

स्याउ जोनमा सूचिकृत किसानलाई यसवर्ष डिजेल र पेट्रोलबाट चल्ने १४ थान हाते ट्याक्टर,पावर स्प्रे १२, मोटर स्प्रे ९,ब्रस कटर ६ रिफ्याक्टोमिटर १,डिजिटल तराजु ४,सिकेचर १८ र करौति १४ थान प्रविधि अनुदान सहुलियतमा वितरण गरिएको हो ।

च्यांग्रा जोन अनुदान

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइअन्तर्गत चालुवर्ष च्यांग्रा जोनमा आधारित लाभग्राही किसानलाई यान्त्रिक उपकरण तथा पूर्वाधार निर्माणमा अनुदान दिईएको छ । च्यांग्रा जोनमा आवद्ध फर्म,समुह र सहकारी संस्थालाई माग संख्याका आधारमा अनुदान उपलब्ध गराइएको हो ।

 च्यांग्रा जोनतर्फको यान्त्रिक प्रविधि सहयोग अनुदानमा मल निकाल्ने ट्याक्टर ४,ब्रस कटर १८,सोलार बत्ती ७ ,दाना पिस्ने मेसिन १ र डिजिटल तराजु १४ थान वितरण गरिएको छ । पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम अन्तर्गत  १० जना लाभग्राही किसानलाई १५ वटा च्यांग्राको बोका वितरण गरिएको छ ।

यसैगरी गोठेमल सुधार कार्यक्रमतर्फ चार जनालाई चार वटा मल भण्डारण गर्ने संरचना निर्माण गरिएको छ । खोर सुधार सहयोगतर्फ ८ जना किसानलाई सुधारिएको खोर निर्माण, स्रोत केन्द्र निर्माण सहयोगतर्फ २ जनालाई २ वटा स्रोत केन्द्र,पशु आहाराको रुपमा ६८१०० केजी मकै अनुदानमा वितरण गरिएको छ ।

आलु जोन अनुदान

मुस्ताङमा आलु जोन कार्यक्रममा सुचिकृत किसान लक्षित फर्म,समुह र सहकारीहरुलाई यान्त्रिक उपकरण तथा विभिन्न आलु खेती सम्वन्धी पूर्वाधार निर्माण र विभिन्न शिर्षकमा अनुदान उपलब्ध गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका अनुसार यसवर्ष  सिचाई पूर्वाधारतर्फ नौ,आलुको बीउँ वितरणतर्फ २३ किसानलाई ९८०० केजी आलुको बीउँ वितरण गरिएको छ । प्राङ्गारिक गोठेमल वितरणतर्फ ३२ किसानलाई तेत्तिस हजार ४०० केजी अनुदानमा वितरण गरिएको हो ।

आलु जोन कार्यक्रम मार्फत डिजेल र पेट्रोलबाट चल्ने १६ थान हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । यसैगरी पावर स्प्रे ६ थान र मोटर स्प्रे ४ थान आलु जोनमा आवद्ध लाभग्राही किसानलाई वितरण गरिएको हो ।

प्रतिक्रिया