जोमसोम— बिद्यालय स्थापनाको ७३ वर्षपछि मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित जनहित माध्यमिक बिद्यालयले पहिलो पटक महिला नेतृत्व पाएको छ । सोमबार बिद्यालयको व्यवस्थापन समिति पुनगर्ठन हुँदा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा प्रजु गुरुङ सर्वसम्वत निर्वाचित हुनु भएको हो ।
सोमबार आयोजित जनहित माध्यमिक बिद्यालयको पुनगर्ठन हुँदा अध्यक्ष प्रजु गुरुङसहित रिक्साङ गुरुङ, महेन्द्र प्रसाद थकाली र दक्षिणा नेपाली सर्वसम्वत निर्वाचित भएको बिद्यालयका प्रअ रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । समितिको पदेन सदस्य वडाध्यक्ष,प्रअ सदस्य सचिव र एक जना शिक्षक बिद्यालयलेपछि चयन गर्ने प्रअ अधिकारीले उल्लेख गर्नुभयो । यसैगरी जनहित माध्यमिक बिद्यालयको शिक्षक—अभिभावक समिति समेत भंग भई नयाँ गठन गरिएको प्रअ अधिकारीले बताउँनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्रबहादुर थकालीको अध्यक्षमा भएको बिद्यालय पूनगर्ठन कार्यक्रममा बिद्यालयको ब्यवस्थापन समितको चार कोटामा ६ जनाले आकांक्षी रहेका थिए । त्यसपछि भएको ६ जनाको आकांक्षीबाट चार जना सदस्य चयन भएको बिद्यालयले जनाएको छ ।
नवनिर्वाचत जनहित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई बिद्यालयका पूर्व अध्यक्ष जयन्द्रलाल थकाली ,महेन्द्रबहादुर थकाली,प्रअ रामचन्द्रअधिकारी र वडाध्यक्ष यमप्रसाद थकाली लगायतले खाँदा र अबिर लगाई दिएर शुभ—कामना प्रकट गरेका थिए ।
सरकारले बैशाख २० गते केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश (२०८३) नेपाल राजपत्रमा प्रकाशित भई प्रारम्भ भएको र उक्त अध्यादेश अनुसार शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा (१) को खण्ड (ग) भएको यसअघिको बिद्यालय व्यवस्थापन सम्वन्धि व्यवस्था खारेज गरेका डेढ वर्षअघि गठन भएको महेन्द्र बहादुर थकाली अध्यक्ष रहेको बिद्यालय व्यवस्थापन समित स्वत ः पदमुक्त भएको हो ।
सरकारले ल्याएको अध्यादेश अनुसार व्यवस्थापन समितिमा अभिभावकबाट चार जना मध्ये २ जना महिला सदस्य अनिवार्य हुने व्यवस्था गरिएको छ । सोही अभिभावकबाट चुनिएका चार जना सदस्य मध्येबाट एक जनालाई समितिको अध्यक्ष बनाउने पर्ने प्रावधान तोकिएको छ । यसैगरी समितिमा सम्वन्धित बिद्यालय रहेको वडाका वडाध्यक्ष पदेन सदस्य ,बिद्यालयका प्रअ सदस्य सचिव र बिद्यालयले तोकेको एक जना शिक्षकलाई व्यवस्थापन समितिको सदस्यमा नियुक्त गर्न पाउँने व्यवस्था छ ।
गत भाद्र २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित सरकारले बिद्यालय व्यवस्थापन सम्वन्धि यस्तो प्रावधान ल्याएको हो ।
१० जेठ २०८३, सोमबार ०३:३८ मा प्रकाशित
1039
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली