थाक खेलकुद मुस्ताङको गर्विलो ईतिहाँस, कसकसले हाँके थाक खेलकुद?



जोमसोम— करिव २० को दशक । मुस्ताङ  उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको जिल्ला । त्यस भन्दा अघि तिब्बतमा धार्मिक तथा सांस्कृतिक द्धन्द हुँदा चिनको प्रतिरोध थेग्न नसकी त्यहाँको कतिपय खामहरु उत्तरी कोरलानाका हुँदै मुस्ताङ पसे । त्यसपछि तिब्बतीयन खम्पाहरुले मुस्ताङमा अघोषित आधिपत्य जमाए ।

त्यतीबेला मुस्ताङको विषम अवस्था , त्यसमाथि भौगोलिक रुपले अन्त्यन्तै विकट,। त्यससमय न सडक, बिजुली  र नत संञ्चारको सुविधा । मुस्ताङमा संम्भावना नदेखेर सम्भावनाको खोजी गर्दै यहाँका धेरै थकालीहरुले आफ्नो थाक थलो मुस्ताङ छोेडे । अहिलेको जस्तो कृषि र पर्यटनको सम्भावना समेत थिएन । उत्पादन गरेको कृषि उपज कही बिक्दैनथ्यो ।

प्रशंग, त्यतीखेरको खेलकुद र सांस्कृतिक चर्चा गर्नैपर्ने हुन्छ । विगतको थाक खेलकुद ईतिहाँसका धेरै कुरा छन्,जसको सम्वन्ध मुस्ताङ थाक खेलकुदले ताजा गराईदिन्छ । मुस्ताङ थाक खेलकुद यस्तो गौरवशाली संस्था हो जसले मुस्ताङीजनलाई पटक—पटक सम्झन बाध्य पारिदिन्छ ।

 थाक खेलकुदको स्थापना २०२७ सालमा स्थापना भएको भनिन्छ । यद्यपी यसको एकिन पुष्टि छैन । त्यसअघि पनि मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रका गाउँहरुका युवाहरुबिच पनि खेलकुदका कार्यक्रम हुने गथ्र्यो । तर, यसरी अन्तर क्लव खेलकुद हुँदा २०२५ सालमा खेलकुद प्रतियोगितामा क्लवक्लवबिच विवाद सृजना भयो । त्यसपछि गाउँ र क्लवहरुले आलोपालो गर्ने खेलकुद प्रतियोगिता २ वर्षसम्म आयोजना हुन नसकेको थाक खेलकुदका पूर्वअध्यक्ष एवं पूर्व जिविस सभापति बिष्णुराज हिराचनले सम्झे । यसरी क्लव र गाउँलेले संञ्चालन गर्ने प्रतियोगिता आयोजना हुन नसकेपछि त्यसलाई दर्विलो संस्था र नेतृत्वको खोजी गरियो । त्यस अभियानको सारथि बने स्वः छत्रबहादुर थकाली  ।



 छत्रबहादुर थकाली मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको संस्थापक अध्यक्ष बने । त्यसपछि मुस्ताङको थाक खेलकुद तथा सांस्कृतिक विकास संघ संस्थागत रुपमा अघि बढ्यो। छत्रबहादुर त्यसबेलाका एक जल्दाबल्दा सामाजिक क्षेत्रमा काम गर्ने एक अब्बल हस्ती थिए । छत्र घरपझोङ—४ जोमसोम निवासी थिए । जुन तथ्य मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले प्रकाशित गरेको स्मारिकामा उल्लेख छ ।

 मुस्ताङ थाक खेलकुल तथा सांस्कृतिक विकाससंघमा हालसम्म ८ जना बिशिष्ट व्यक्तिले नेतृत्व सम्हालेका छन् । स्व छत्रबहादुर थकालीपछि स्वः रुद्रप्रसाद शेरचनले नेतृत्व लिए । उनी कोवाङका थिए । थाक खेलकुदको दौरानमा निकै चुनौती अवरोध सृजना हुने गथ्र्यो । छत्रपछि जिल्ला पंञ्चायत सभापतीनै थाक खेलकुद तथा सांस्कृतिक विकास संघको अध्यक्ष हुने प्रावधान भयो । रुद्रमान पनि त्यसबेला जिल्ला पञ्चायत सभापति थिए । रुद्रपछि २०४४ सालकोे सेरोफेरोमा घरपझोङ—२ मार्फाका बिष्णुराज हिराचन संघको तेस्रो अध्यक्ष चुनिएन । उनी जिल्ला पंञ्चायत सभापति भएकै हैसियतमा थाक खेलकुदको नेतृत्वमा रहेर काम गर्ने अवसर पाए ।

 २०४६ सालपछि मुलुकमा बहुदलिय व्यवस्था आयो । त्यसपछि थाक खेलकुदको नेतृत्व गर्ने बागडोर थासाङ—३ लेतेका रोमी गौचन थकालीले लिए । गौचन थकाली नेपाली कांग्रेस मुस्ताङका पार्टी सभापती एवं पूर्व वाणिज्य मन्त्री हुन् । गौचनले पनि करिव २ कार्यकाल मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको बागडोर सम्हाले ।

 त्यसपछि घरपझोङ—४ जोमसोमका कृष्णलाल भट्टचन मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ अध्यक्ष बने । त्यसपछि क्रमश पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले ३ कार्यकाल थाक खेलकुदको विरासत धाने भने तुलाचन हटेपछि पूर्व प्रदेश सभा सदस्य चन्द्रमोहन गौचन थाक खेलकुद संघको अध्यक्ष भए  । प्रेमप्रसाद  तुलाचन लेतेका हुन् भने चन्द्रमोहन गौचन घाँसाका हुन् । अहिले कृष्णकुमार शेरचन थाक खेलकुदको अध्यक्ष पदमा छन् । उनी कोवाङका हुन् । 

 थाक खेलकुदका पूर्वअध्यक्ष प्रेमप्रसाद तुलाचनले कठिन परिस्थितीका बावजुद पूर्वजहरुले थाक खेलकुदको स्थापना गरेको बताए । त्यसबेला खेलकुद प्रतियोगितामा सहभागी हुन जाँदा घोडा खच्चड र पैदल हिडेर पुग्नु पर्ने र रासन पानी समेत लिएर जानु पर्ने हुन्थ्यो । त्यसबेला आर्थिक समस्या निकै पर्ने गथ्र्यो । ‘पहिला पहिला मुस्ताङमा खेलकुद प्रतियोगिता हुन्थे, वर्षको एक पटक अन्तर गाउँका ठिटा तरुनी भेटघाट हुन्थ्यो ,’ थाक खेलकुदलाई सम्झदै पूर्व अध्यक्ष तुलाचनले भने, कतिपयको थाक खेलकुदले नै लगनगाँठो बाधिदिन्थ्यो ,धेरैले थाक खेलकुदमा भेट भएर घरबार बसाए ।’ त्यस समय अहिलेको जस्तो राष्ट्रिय तथा प्रदेश स्तरीय भनेर खेलकुद हुदैनथ्यो । गाउँ गाउँका युवाक्लवहरुलाई एकतावद्ध गरेर प्रतियोगिता हुने भएकाले थाक खेलकुदले मुस्ताङको खेलक्षेत्र र सांस्कृतिक ईतिहाँसलाई गर्विलो तुल्याएको पूर्व अध्यक्ष तुलाचनको भनाई छ ।

 त्यसो थाक खेलकुदको उद्देश्यनै छरिएर रहेका युवाक्लवहरुलाई एकतावद्ध गर्ने,भाइचार र भातृत्वको आत्मबोध गर्ने, खेलकुद र सांस्कृतिक गतिविधिबाट मनोरञ्जन प्रदान गर्ने र मुस्ताङको आन्तरिक खेलकुदको विकास प्रर्वद्धन र पर्यटन विकासमा जोड दिने ध्येय संस्थाको छ । थाक खेलकुदले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा थासाङ लेतेका योगेन्द्र शेरचनले आर्चरीतर्फ प्रख्याती कमाएका छन् । थाक खेलकुदकै नेतृत्वमा रहेर काम गरेका पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली सांसद तथा मन्त्री बने । प्रेम तुलाचन,चन्द्रमोहन गौचन पनि संघीय र प्रदेश सांसद बने । अन्यले पनि सामाजिक क्षेत्रमा बिशिष्ट योगदान पू¥याए । 

थाक खेलकुदले ईतिहाँसको रक्षा,आर्थिक समृद्धि ,धर्मसंस्कृति,पर्यटन र कृषि क्षेत्र लगायतमा अतुलनीय योगदान पू¥याएको विधितै छ ।झन्डै ५४ वर्ष पुरानो गौरवशाली थाक खेलकुदको ५१ औं संस्करण मार्फामा हुदैछ ।



प्रतिक्रिया