पान्डा खोलामा ट्याक्टर दुर्घटना, चालक घाईते

मुस्ताङ,१६,असार ।

मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छन् । घरपझोङ—४ जोमसोमबाट वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीतर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको मालबाहक ट्याक्टर मंगलबार दिउँसो उक्त सडकको पान्डा खोला नजिकको सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जोमसोमबाट निर्माण सामाग्री सिमेन्ट र डिजेलको ब्यारेल ड्रम लोड गरी कागबेनीतर्फ जाँदै गरेको ट्र्याक्टर चालकले सन्तुलन गुमाउँदा पान्डा खोला सडकदेखि २० मिटर तल खस्दा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

ट्याक्टर सडकबाट तल खसेर दुर्घटना हुँदा  मुस्ताङ जिल्ला थासाङ गाउँपालिका—३ लेते बस्ने २९वर्षीय ट्याक्टर चालक मिलन छन्त्याल घाईते भएका छन् । ट्याक्टर दुर्घटना भएको सूचनापछि कागबेनी स्थित प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । ट्याक्टरमा एक जना चालक मात्रै थिए । 

ट्याक्टर दुर्घटनामा परेका घाईते चालक छन्त्याललाई उद्दार गरी प्रदेश अस्पताल जोमसोम ल्याईएकोमा मंगलबार साँझ ६ बजे पोखरा स्थित पञ्चिम क्षेत्रीय अस्पताल पोखरामा रिफर गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया