घरपझोङमा सर्जकद्वारा पर्यटन काव्ययात्रा

मुस्ताङमा तीनदिने ‘घरपझोङ  पर्यटन काव्ययात्रा २०८३ आईतबारदेखि सुरु भएको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा कन्सेप्ट नेपालको संयोजनमा पर्यटन काव्ययात्रा’ गरिएको हो ।

 यहाँको घरपझोङ गाउँपालिकाले यसअघि विभिन्न माध्यमबाट पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्दै आईरहेकोमा यसपटक मेचीदेखी महाकालीसम्मका विभिन्न स्थानका साहित्य क्षेत्रमा आवद्ध काव्य सर्जकहरुलाई मुस्ताङ उतारेको हो । काव्ययात्राका माध्यमबाट सर्जकहरुको भौतिक रुपमै प्रत्यक्ष स्थल अवलोकन गर्ने गरी त्यहाँ देखिने विषयवस्तुहरुको  अनुभूति,कल्पना,विचार र जीवनदर्शनलाई काव्ययात्रा कला मार्फत उजागर गर्ने लक्ष्य राखिएको छ ।

 पर्यटन काव्ययात्रा २०८३ का लागि घरपझोङ गाउँपालिकाले देशभरबाट पन्ध्र जना भन्दा बढी साहित्यिक काव्य सर्जक मुस्ताङ आमन्त्रण गरेको हो । यात्राका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचै वडाहरुमा अवस्थित प्राकृतिक, धार्मिक,सांस्कृतिक,ऐतिहाँसिक, सामाजिक र जैविक कलासंस्कृतिहरुलाई काव्य यात्राद्वारा उजागर गर्ने गरी यसप्रकारको कार्यक्रम आयोजना गरेको हो ।

 पर्यटन काव्ययात्रामा नेपाली राष्ट्रिय गानका रचनाकार एवं सर्जक प्रदीप कुमार राई उर्फ ब्याकुल माईलासहित पन्ध्र जना भन्दा बढी सर्जकहरु (बेनी—जोमसोम) सडकमार्ग हुँदै मुस्ताङ आईपुगेका हुन् । टोलीमा भुपिन खड्का (चितवन), अभय श्रेष्ठ (ओखलढुंगा),प्रगति राई (भोजपुर), दिपेन्द्रसिंह थापा ( धादिङ, सागर उदास(तनहु), अमृत भादगाउँले (भक्तपुर), शिवप्रकार पौडेल (भक्तपुर,कल्पना पलक (सल्यान),कञ्चना झा,लक्ष्मी क्षेत्री,राजकुमार गजुरेल, र घनश्याम पौडेल लगायतका सर्जक काव्ययात्रामा सहभागी छन् ।

काव्य सिर्जनाका माध्यमबाट घरपझोङको समग्र पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले डेढ दर्जन सर्जकसहित राष्ट्रिय गानका सर्जक ब्याकुल माईलाको उपस्थित काव्ययात्रा ऐतिहाँसिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय गाउँ मार्फाबाट यात्रा प्रारम्भ गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । गाउँपालिका भित्र लुकेर रहेका सम्पदाहरुको पहिचान गरी ओझेलमा परेका वडा र गाउँहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घरपझोङ काव्ययात्रा आयोजना गरिएको अध्यक्ष लालचनको कथन छ ।

 घरपझोङ गाउँपालिका भित्रका सबै वडाहरुको भ्रमण गर्ने र सोही क्रममा स्थानीय नागरिकहरुसंग अन्तरसम्वाद गर्ने र  प्रत्येक गाउँको सक्ष्म ढंगले अवलोकन गर्दै पर्यटन प्रवद्र्धनका लागि सम्भावनाका ढोकाहरुलाई काव्य सिर्जना मार्फत विभिन्न प्लेटफार्ममा उजागर गरी देशभरनै गाउँपालिकालाई चिनाउनका लागि यात्रा आरम्भ गरिएको अध्यक्ष लालचनले बताउँनुभयो । 

घरपझोङ पर्यटन काव्य यात्राको पहिलोदिन आईतबार मुस्ताङको पर्यटकीय गाउँ मार्फा गाउँ  र त्यहाँको स्याउ बगैचाको अवलोकन भ्रमण गराउँदै गाउँपालिकाको अन्य वडा र गाउँहरुको काव्ययात्रा गन्तब्य तय गरिएको थियो । देशभरबाट प्रतिनिधित्व गर्दै मुस्ताङ आईपुगेका साहित्य सर्जकहरुको टोली छैरो गाउँ,छैरो गुम्बा,छैरो छहरा, चिमाङ गाउँ,चिमाङ गाउँको प्राकृतिक सौन्दर्यतासंगै त्यहाँको खेतीयोग्य भूभागहरुको अवलोकन गरेको छ ।

 यसैगरी  घरपझोङ—५ स्थित कुछप तेरङ्गा गुम्बा हुँदै घरपझोङको ठिनी गाउँको अवलोकन गरिएको छ । यात्राको दोस्रोदिन जनहित माध्यमिक विद्यालयको अवलोकन र घरपझोङ—३ को स्याङ गाउको अवलोकन गर्ने कार्यक्रम रहेको छ । काव्ययात्राका क्रममा सर्जकहरुले अवलोकन गरिएको ठाउँहरुको वस्तुस्थिती बुझेर यहाँको समग्र धार्मिक,सांस्कृतिक,ऐतिहाँसिक र सामाजिक विषयवस्तुहरुको काव्य सिर्जना मार्फत पर्यटन प्रवद्र्धन गर्ने  योजना रहेको छ ।

घरपझोङ काव्ययात्रामा सहभागी राष्ट्रिय गानका सर्जक प्रदीप कुमार राई (ब्याकुल माईला)ले पहिलोदिन घरपझोङको तीन वडाहरुको अवलोकन सम्पन्न भएको बताउँनुभयो । काव्ययात्राका माध्यमबाट पर्यटन क्षेत्रको राम्रा पक्षहरुलाई लिपीवद्ध गर्दै सञ्चार माध्यम ,कविता,गजल,गीत,कथा,उपन्यास र संस्मरण कथा लगायतका माध्यमबाट सबैतीर सम्प्रषण हुने गरी उजागर गरिने बताउँनुभयो ।

 काव्ययात्रमा देखिएका र नदेखिएका विषयवस्तुहरुलाई काव्य मार्फत आकर्षण बढाउने र त्यस माथि के गर्न सकिन्छ  भन्नेबारेमा दृष्टिकोण तय गरी सिर्जनाका माध्यमबाट पस्किने योजना रहेको सर्जक ब्याकुल माईलाले उल्लेख गर्नुभयो ।

 विगतमा पनि यसप्रकारका काव्ययात्रा देशका विभिन्न स्थानहरुमा आयोजना भईसकेको उल्लेख गर्दै सजर्क ब्याकुल माईलाले विभिन्न क्षेत्रको पर्यटन गन्तब्य स्थलको पहिचान गर्ने र राम्रो पक्षहरुको उजागर गरेर गन्तब्य स्थल बनाउने कार्य भईरहेकाले मुस्ताङमा पनि सोही अनुसार काव्य यात्रा गरिएको बताउँनुभयो ।

सर्जक भनेको अरुले नदेखेको कुराहरुमा परिकल्पना गर्ने ,संम्भावनाहरुको खोजी गर्ने र नविनतम कुराहरुको परिकल्पना गर्नसक्ने माध्यम काव्य सिर्जना भएकाले सोही अनुसारको जिम्मेवारी वहन गर्ने क्रममा आफुहरुसहितको टोली मुस्ताङ आएको सर्जक ब्याकुल माईलाले उल्लेख गर्नुभयो ।

पहिलोदिनको प्रारम्भिक काव्ययात्राबाट मुस्ताङ जिल्ला धार्मिक,सांस्कृतिक ,ऐतिहाँसिक र प्राकृतिक भूस्वर्गको अनभूती प्राप्त भएको सर्जक माईलाले जानकारी दिनुभयो ।‘यहाँ आउँन पाउँदा हामी धेरै खुसी छौं,यो अवसर प्रदान गर्ने घरपझोङ गाउँपालिका हाम्रा लागि ऋणी छ,सर्जक माईलाले भन्नुभयो,‘ यहाँको पर्यटन प्रवद्र्धनमा काव्य यात्रा कोशेढुंगा सावित हुनेछ ,हामीले यहाँबाट फर्किएपछि यस ठाउँका राम्रा पक्षको उजागर गर्ने प्रसास हुनेछ ।’’

 मुस्ताङका तीनदिने बसाई हाम्रा लागि यादगार र ऐतिहाँसिक हुने सर्जक माईलाले बताउँनुभयो । यहाँका धर्म,संस्कृतिक, परम्परागत ढुगा र माटोले बनेका गुजमुच्च घरका भौतिक संरचना, प्रत्येक घरका छत माथि पाँजिएका दाउँरा राख्ने संस्कृति ,लटरम्म फलेका स्याउ बगान,बस्ती भित्रका दर्जनौ ढुंगा बिच्छ्याईएका साँघुरो गल्ली,सदिंयौ वर्ष पुराना गुम्बाहरु,कालिगण्डकी करिडोर,शालीग्राम शीलाको उद्गम स्थल,जैविक विविधता,वातावरणीय सरसफाई,पर्यटन आतिथ्यता लगायत थुप्रै वर्णन गर्न नसकिने जिवन्त मौलिक सभ्यताहरुको प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको सर्जक माईलाले उल्लेख गर्नुभयो ।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीको उपस्थितीमा घरपझोङ काव्ययात्रा थालनी गरिएको थियो । देशभरबाट आएका सर्जकहरुलाई अध्यक्ष लालचन र उपाध्यक्ष थकालीले पाँच वटै वडाहरुमा पुगेर त्यस स्थानको महत्व र ऐतिहाँसिकता बारेमा सर्जकहरुलाई जानकारी दिनुभएको थियो ।

 काव्ययात्राका क्रममा घरपझोङका विभिन्न गाउँको अवलोकनमा पुगेका सर्जकहरुलाई स्थानीयले स्वागत गरेका थिए । सोही क्रममा मुस्ताङको ठिनी गाउँमा काव्ययात्रामा सहभागी सर्जकहरुलाई याकनाच र सास्कृतिक मौलिकता देखाईएको थियो ।

प्रतिक्रिया