गण्डकी प्रदेशको राजधानी पोखरामा थकाली युवाहरुलाई एकतावद्ध गर्ने उद्देश्यले क्षेत्रीय फुटसल प्रतियोगिता गरिएको छ । थकाली समुदायका युवाहरु सम्मिलित फुटसल प्रतियोगिता पोखरामा दुईदिन सम्म चल्यो । थकाली युवा परिवारको आयोजनामा अन्तर क्षेत्रीय थकाली युवा फुटसल प्रतियोगिता पोखरा रंगशाला स्थित मल्टि प्रपोज हलमा गरिएको थियो ।
शनिबारदेखि सुरु भएको अन्तर क्षेत्रीय युवा फुटसल प्रतियोगिता शनिबार सकिएको प्रतियोगिता आयोजक थकाली युवा परिवार पोखराका अध्यक्ष अनुज शेरचनले जानकारी दिनुभयो । देशभर छरिएर रहेका थकालीहरुलाई खेलकुदका माध्यमबाट एकतावद्ध गर्ने र खेलका माध्यमबाट थकाली युवाहरुबिचको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले पोखरामा थकाली युवाहरुको क्षेत्रीय फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शेरचनले बताउँनुभयो ।
थकाली युुवाहरु सम्मिलित क्षेत्रीय युवा फुटसल प्रतियोगिता अन्तर्गत पुरुष युवा फुटसलतर्फ १२ टिम र थकाली महिला फुटसलतर्फ ३ टिमको सहभागिता रहेको थियो । थकाली पुरुष युवा फुटसल प्रतियोगितााम म्याग्दी बेनीको २ टिम,मुस्ताङको एक टिम,काठमान्डौंको ३ टिम र पोखराको ४ टिम गरी १२ टिमको सहभागिता रहेको थियो ।

यसैगरी थकाली महिला युवा फुटसल प्रतियोगितामा पोखरा,काठमान्डौ र म्याग्दीको बेनीको एकएक टिमको सहभागिता रहेको थकाली युवा परिवार पोखराका अध्यक्ष अनुज शेरचनले बताउँनुभयो ।
शुक्रबार र शनिबार दुईसम्म चलेको थकाली युवाहरुको पुरुष क्षेत्रीय फुटसल प्रतियोगितातर्फ म्याग्दी बेनीको बेनी ब्लु टिम च्याम्पियन बनेको छ । प्रतियोगिताको उपविजेता म्याग्दीको दरवाङ म्याग्दी टिम बनेको छ । यसैगरी थकाली युवा महिला फुटसल प्रतियोगितातर्फ काठमान्डौ विजेता बनेको छ भने प्रतियोगिता आयोजक पोखरा उपविजेता बनेको छ ।
थकाली पुरुष युवा क्षेत्रीय फुटसल प्रतियोगिताको च्याम्पियन बनेको म्याग्दीको बेनी ब्लु टिमले नगद रु. एक लाख एक हजार र उपविजेता म्याग्दीको दरवाङ टिमले नगद रु. ५० हजार ५५५ रुपैयासहित शिल्ड मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी थकाली महिला क्षेत्रीय फुटसल प्रतियोगिताको प्रथम काठमान्डौंले नगद रु. १५ हजार र दोस्रा हुने पोखराले नगद रु. १० हजारसहित शिल्ड ,मेडल,ट्रफी र प्रमाणपत्र पाएको छ ।
थकाली युवा क्षेत्रीय फुटसल प्रतियोगिताका विजेता टिमहरुलाई पूर्व संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन र थकाली युवा परिवार पोखराका अध्यक्ष अनुज शेरचनले संयुक्त रुपमा नगद पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र अर्पण गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन तथा समापन पूर्व प्रतिनिधिसभा सदस्य तुलाचनले गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता