यहाँको उपल्लो मुस्ताङ स्थित लोमान्थाङ गाउँपालिकामा आईतबार सार्वजनिक बिदा नहुने भएको छ । गाउँपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले आईतबार सार्वजनिक बिदा नदिने यस्तो निर्णय गरेको हो ।
यसअघि सरकारले २२ चैत्र गतेको राजपत्रमा सार्वजनिक सेवा प्रवाह सम्बन्धि बिशेष व्यवस्थाको सूचनापछि २३ चैत्रदेखि आईतबारका दिनमा पनि कार्यालय संञ्चालन हुने जनाईएको थियो । सरकारले मध्यपूर्वको द्धन्दले ईन्धन आपूर्ति व्यवस्थापनमा सहज बनाउने उद्देश्यले आईतबार पनि सरकारी कार्यालय संञ्चालन हुने जनाईएको थियो ।
तर, लोमान्थाङ गाउँपालिकाले गाउँपालिकाको कार्यालय, गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु तथा विद्यालयहरुमा आईतबारका दिन समेत नियमित सेवा प्रवाह हुने उल्लेख गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यूटन लम्सालका अनुसार आईबार पनि सरकारी कार्यालयहरु बिदा हुँदा सेवाग्राहीहरुमा समस्या परेकाले आईतबार पनि नियमित रुपमा कार्यालयहरु संञ्चालन हुने गाउँकार्यपालिकाले निर्णय गरेको बताउँनुभयो ।
यहाँको लोमान्थाङ गाउँपालिकाले आईतबारका दिनमा पनि नियमित रुपमा कार्यालय संञ्चालनका लागि सबै वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र सामुदायिक तथा गुम्बा बिद्यालयहरुले पत्रचार गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता