थोरङ फेंदीमा जिसससहित मुस्ताङका पाँच अन्तरपालिका समन्वय बैठक सम्पन्न

पर्यटन प्रवद्र्धन तथा जिल्लाका विविध विषयहरुमा साझा धारणा तय गर्न चार हजार २०० मिटरको उच्च उचाईमा अवस्थित पर्यटकीय पदमार्ग थोरङलापास क्षेत्रमा नवौ अन्तरपालिका समन्वयात्मक बैठक बसेको छ । जिसस मुस्ताङको समन्वय र सहकार्यमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले शुक्रबार मनाङ र मुस्ताङको पर्यटकीय पदमार्ग थोरङपास क्षेत्रमा नवौं अन्तरपालिका समन्वयात्मक बैठक आयोजना गरिएको हो ।

 पाँच हजार ४१६ मिटरको राउण्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङपास देखि मुस्ताङतर्फको केही तल ४२०० मिटरको उचाईमा रहेको थोरङ फेदीमा नवौ अन्तरपालिका समन्वयात्मक बैठक बसेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ । उक्त पदमार्गमा अधिकाँश तेस्रो मुलुक पर्यटकहरुले मात्रै पदयात्रा गर्ने गरेकोमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पर्यटक आकर्षण बढाउन तथा पर्यटन प्रवद्र्धन गर्न उक्त क्षेत्रमा बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख माया गुरुङको प्रमुख आतिथ्यता तथा वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङको अध्यक्षतामा मुस्ताङको पाँच वटै गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतको संयुक्त उपस्थितीमा अन्तरपालिका बैठक सम्पन्न गरिएको हो ।

 बैठकमा थोरङलापास पर्यटकीय पदमार्गको पर्यटन प्रवद्र्धन तथा जिल्लाका समसामयिक सात वटा एजेन्डाहरुमा छलफल भएको थियो । बैठकमा तय गरिएका एजेन्डाहरुमा बृहत छलफल तथा अन्तरक्रिया गरी सात बुँदे निर्णय गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।

अन्तरपालिका समन्वयात्मक बैठकमा यसअघिको आठौ बैठकको समिक्षासहित आगामी कार्यदिशा तय गरिएको बताईएको छ । बैठकमा शैक्षिक सत्र,रासायनिक मलमा प्रतिबन्ध, कृषि अनुदानमा दोहोरपन हुन नदिने, घरपझोङ गाउँपालिकाले आयोजना गर्ने जलवायु सम्मेलनलाई जिल्लाका अन्य पालिकाहरुले सहकार्य गर्ने दमकल सेवा खरिद लागि माग गर्ने लगायत अन्य विविध विषयहरुमा छलफल गरी निर्णय गरिएको छ ।


प्रतिक्रिया