मुस्ताङको घरपझोङ गाउँपालिकामा नेवारी संस्कृति झल्किने फल्चा (फःल्चा) निर्माण गरिएको छ । घरपझोङ गाउँपालिका र ललितपुर महानगरपालिकाबीच संस्कृति आदान÷प्रदान गर्ने गरी यहाँको गाउँपालिका परिसरमा फल्चा निर्माण गरिएको हो ।
नेवारी समुुदायको परम्परागत सामाजिक संरचना पूर्वाधार फल्चा (फःल्चा) महत्वपूर्र्ण सांस्कृतिक सम्पदा मानिन्छ ।सार्वजनिक विश्रामस्थल,भेटघाट गर्ने चौतारी तथा सामुदायिक गतिविधि सञ्चालन गर्ने स्थललाई फल्चा भन्ने गरिन्छ ।
नेवारी संस्कृतिमा फल्चा विश्राम गर्ने र कार्यक्रम सञ्चालन गर्ने मात्रै ठाउँ नभईकन कला,वास्तुकला र मौलिक पहिचानको प्रतिक हो । नेवारी संस्कृतिमा आधारित फल्चा मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयमा पहिलोपटक निर्माण गरिएको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच विस २०८१ सालमा एकआपसमा भगिनी सम्वन्ध कायम भएको थियो । राजधानीको ठुला स्थानीय तह ललितपुर महानगर र हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्वन्ध स्थापित भएसंगै विगत दुईवर्षदेखि पर्यटन र संस्कृति आदान÷प्रदान कार्यमा सहकार्य हुदैआईरहेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालय परिसरमा नेवारी संस्कृति झल्किने फल्चा निर्माणका लागि ललितपूर महानगरपालिकाले पैतिस लाख रुपैया आर्थिक सहयोग गरेको अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गर्नुभयो । भगिनी सम्वन्धमा जोडिएका यी दुई स्थानीय तहबीच संस्कृति झल्किने पूर्वाधार निर्माण गर्ने सहमति अनुसार मुस्ताङमा फल्चा निर्माण गरिएको हो । घरपझोङ गाउँपालिकाले पनि ललितपुर महानगरपालिकामा स्याउको प्रतिमा बनाउने तयारी रहेको अध्यक्ष लालचनको भनाई छ । मुस्ताङको संस्कृति राजधानीमा र ललितपुरको संस्कृति आदानप्रदान गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्य रहेको अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।
ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय जनश्रमदान दश प्रतिशत रहने गरी अठ्तिस लाख ५० हजार रुपैयामा फल्चा निर्माण सम्पन्न भएको गाउँपलिका सूचना अधिकारी विकास संज्यालले जानकारी दिनुभयो । निर्माण सम्पन्न फल्चाको लम्बाई २६ फिट ४ ईञ्च र चौडाई ८ फिट १० ईञ्चको रहेको छ । त्यसको छत छाउन १९ धरथरीका ईट्टा र तीन वटा गजुर राखिएको उहाँले बताउँनुभयो ।
मुस्ताङको घरपझोङ र ललितपुर महानगरपालिकाबीच भगिनी सम्वन्ध स्थापित भएपछि दुबै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले एक अर्काको स्थानमा पुगेर अवलोनक भ्रमण गर्दै असल अभ्यास गरिसकेका छन् । ऐतिहाँसिक,धार्मिक र सांस्कृतिक महत्व र पहिचान बाकेका घरपझोर र ललितपुर महानगरबीचको भगिनी सम्वन्धले दुबै क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली