जोमसोम ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा निर्वाचनमा खटिने कर्मचारीहरुलाई निर्वाचन सम्वन्धि सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका पाँच स्थानीय तहमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लगायतलाई आईतबारदेखि मतदान कार्यक्रममा आवश्यक पर्ने ५१ प्रकारका निर्वाचन सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबारदेखि मुस्ताङका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा खटाईने कर्मचारीलाई सम्वन्धित स्थानतर्फ पठाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत दिपेन्द्र पोडेलले जानकारी दिनुभयो । यसैका लागि कार्यस्थलतर्फ पठाउनु एक दिन अगावै मतदान केन्द्रमा खटाईने कर्मचारीहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक प्रक्रिया पु¥याएर सामाग्री हस्तान्तरण गर्न थालेको जनाएको छ ।
मुस्ताङमा एक अस्थायी मतदान केन्द्रसहित ४० मतदान केन्द्रमा २१६ जना मतदान अधिकृत,सहायक मतदान अधिकृत,सहायक कर्मचारी र सहयोगी कर्मचारी खटाईने गरी सम्वन्धित मतदान केन्द्रको नियुक्ति पत्र वितरणकार्य सम्पन्न भएको सहायक निर्वाचन अधिकृत पौडेलको भनाई छ । यसका अतिरिक्त मुस्ताङमा कर्मचारीलाई कुनै समस्या आईपरेको अवस्थामा कर्मचारी व्यवस्थापन गर्न थप दुई जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको छ ।
यहाँ स्थित मुख्य निर्वाचन अधिृकृतको कार्यालयले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा मुस्ताङका एक सय किलोमिटर दुरी टाढा पर्ने र त्यसआसपासका मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन सामाग्री हस्तान्तरण गरेको छ ।यसैगरी सोमबार सदरमुकाम जोमसोम आसपासका मतदान केन्द्रमा खटिने कर्मचारीलाई मतपत्रसहित निर्वाचन सामाग्री हस्तान्तरण गरिने जनाईएको छ ।
यसैगरी मुस्ताङका २१ मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको स्वास्थ्य उपचारलाई मध्ये नजर गर्दै जिल्ला निर्वाचन कार्यालय पाँच प्रकारका प्राथमिक औषधिहरु त्यसतर्फ पठाईसकेको जनाएको छ । समुन्द्री सतहको तीन हजार ५०० मिटरको उचाईमा अवस्थित मतदान केन्द्रमा परिचालन गरिने कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई पोर्टेबल अक्सिजन क्यानसहित पाँच प्रकारका औषधिहरु पठाईएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
माथिल्लो मुस्ताङको लोमान्थाङका ६ मतदान केन्द्र, लोघेकर दामोदरकुण्डका १० मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्रका ५ मतदान केन्द्रमा लेंक लाग्ने सम्वन्धि प्राथमिक स्वास्थ्य उपचारसम्वन्धि सामाग्री पठाइएको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा एघार हजार ३२८ जना मतदाता कायम भएका छन् । यहाँ ५०० भन्दा बढी मतदाता रहेको मतदान केन्द्र ८ वटा रहेको छ ।
यसैगरी मुस्ताङका ३९ मतदान केन्द्र मध्ये २१ वटा मतदान केन्द्र तीन सय भन्दा बढी मतदाता रहेको मतदान केन्द्रको संख्या २१ वटा र ३०० भन्दा कम मतदाता रहेको मतदान केन्द्रको संख्या १८ वटा रहेको छ ।
यसैगरी फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट निवाचन प्रहरीसहित ५०१ जना र सशस्त्र प्रहरी बल नेपालबाट निर्वाचन प्रहरीसहित २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी नेपाली सेनाले माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस स्थापना गरी निर्वाचन गस्तीलाई तीब्रता दिईरहेको छ ।
मुस्ताङमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आठ राजनीतिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमाले,कांग्रेस,नेकपा, रास्वपा, राप्रपा,उज्यालो नेपाल,मंगोल नेपाल अर्गानाईजेसन र आम जनता पार्टी निर्वाचनको मैदानमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली