यहाँको घरपझोङ—४ जोमसोम स्थित प्रदेश अस्पतालमा सोमबार जिल्लाका स्थित कर्मचारी र जनप्रतिनिधिहरुको स्वास्थ्य जाँच गरिएको छ । सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुको स्वास्थ्य सुरक्षाका लागि नसर्ने रोग सम्वन्धि स्वास्थ्य जाँच शिविर चलाएको हो ।
प्रदेश अस्पतालद्वारा आयोजित नसर्ने रोग सम्वन्धि स्वास्थ्य शिविरमा ९१ जना कर्मचारी र जनप्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलले जानकारी दिनुभयो । शिविरमा घरपझोङ गाउँपालिका—४ जोमसोमका ७८ वर्षीय वडाध्यक्ष यमप्रसाद थकालीले समेत स्वास्थ्य परीक्षण गर्नुभएको छ ।
प्रदेश अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविरमा अधिकाँश जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा स्थानीय तह र अन्य सरकारी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको स्वास्थ्य परीक्षण गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कडेलले उल्लेख गर्नुभयो ।
प्रदेश अस्पताल जोमसोमले चलाएको नसर्ने रोग सम्वन्धि स्वास्थ्य शिविरमा यहाँका कर्मचारी र जनप्रतिनिधिहरुको रक्तचाप (ब्लडप्रेसर), हेमोग्लोबिक (एचपी),सुगर,कोलेस्ट्रोल,लिभर परीक्षण,क्रियाटिनिन र पिसाब लगायतका नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको डा. कडेलले जानकारी दिनुभयो ।
नसर्ने रोग सम्वन्धि कर्मचारी र जनप्रतिनिधिको स्वास्थ्य शिविरमा प्रदेश अस्पतालमा कार्यरत अस्पतालका नर्सिङ निरीक्षक प्रतिक्षा गौतम, स्टाप नर्स बिसाखा पण्डित, नर्सिङ अधिकृत अमिसा ओझा, हेल्थ असिस्टेन्ट प्रेमकुमारी बुढामगर,विक्रम कार्की,ल्याब असिस्टेन्ट अनिता थापा ,राकेश चौधरी र मेडिकल रेकर्डर सुमन पन्त लगायतको टोली परिचालित भएका थिए ।
यसअघि यहाँको प्रदेश अस्पतालले स्थानीय समुदायहरुलाई लक्षित गरी विभिन्न समयमा स्वास्थ्य शिविर संञ्चालन गर्ने गरेको भएपनि कर्मचारी र जनप्रतिनिधिलाई लक्षित गरी स्वास्थ्य शिविर संञ्चालन गरिएको योनै पहिलो कार्यक्रम भएको प्रदेश अस्पताल जोमसोमले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली