सन् २०२४ मा १ लाख ३५ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङमा सन् २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ ।  सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५०।२० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए । 

सन् २०२३ मा ९० हजार ३५६, सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा दुई हजार ३०० र २०२० मा दुई हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार जनासम्म पर्यटक आएको तथ्यांक छ । 

सन् २०२४ मा मुस्ताङ भ्रमणमा आएकामध्ये एक लाख नौ हजार पाँच सय ४९ जना सार्क राष्ट्रका र २६ हजार १७० जना तेस्रो मुलुकका छन् । जनवरीमा दुई हजार १२६, फेब्रुअरीमा तीन हजार ६९९, मार्चमा १४ हजार ८२९, अप्रिलमा १७ हजार ३२०, मेमा २९ हजार ७७३, जुनमा १६ हजार ३४२, जुलाईमा तीन हजार ४४०, अगस्टमा तीन हजार ५८०, सेप्टेम्बरमा ११ हजार ७८५, अक्टोबरमा १४ हजार ३५, नोबेम्बरमा १२ हजार ३५ र डिसेम्बरमा ६ हजार ७०५ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।  


प्रतिक्रिया