मुस्ताङ,७, भदौं ।
प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी आज आईतबार बिहान जोमसोमबाट काठमान्डौं फर्किदै हुनुहुन्छ । नितान्त पारिवारिक तथा व्यक्तिगत भ्रमणका क्रममा शनिबार राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आईपुग्नु भएका प्रधानमन्त्री शाह आज बिहान ९ः३५ बजेको समयमा उहाँ बसेको होटलबाट बाहिरिनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह जोमसोम स्थित होटल ओम्स होममा एक रात बाँस बसी आज काठमान्डौंतर्फ प्रस्थान गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले प्रधानमन्त्री शाह आज बिहान ९ः३५ बजेको समयमा जोमसोममा रहेको होटल ओम्स होमबाट चेक आउट हुनु भएको छ । प्रधानमन्त्री शाह जोमसोमबाट पून ः बेनी—जोमसोम सडकमार्ग हुँदै काठमान्डौंका लागि प्रस्थान गर्नु भएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
यसअघि बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आईपुग्नु भएका प्रधानमन्त्री शाह साँझ मुक्तिनाथ मन्दिरको दर्शन गर्न प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री शाहले शनिबार साँझ आठ बजेसम्म करिव आधा घण्टा मुक्तिनाथको दर्शन र पुजाअर्चनामा समय खर्चिनु भएको थियो ।
प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरमा पुगेर त्यहाँका पुजारी कृष्णप्रसाद सुबेदीबाट टिका र प्रसाद ग्रहण गर्नुभएको थियो । प्रधानमन्त्री शाह मुक्तिनाथ मन्दिरबाट राति ९ बजे होटल ओम्स होममा फर्किनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले केवल मुक्तिनाथ मन्दिरको दर्शन मात्रै गरेर फर्किनु भएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता