मुक्तिनाथमा एकैदिन आठ हेलि उडान

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथमा एकैदिन आठ वटा हेलि उडान भएको छ । जोमसोम नागरिक उड्ययन कार्यालयका अनुसार सोमबार बिहान विभिन्न एयरलाईन्स कम्पनीहरुले काठमान्डौ—मुक्तिनाथ र मुक्तिनाथ —काठमान्डौ दुइतर्फी हेलि उडान भरेका हुन् ।

 जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार आज बिहान काठमान्डौ—मुक्तिनाथ दुईतर्फी हेलि उडान भएको र जसमा ३२ जना भारतीय दर्शनार्थी पर्यटकहरुले हेली सेवा प्राप्त गरेका छन् । प्रमुख  पौडेलले बर्खायामको मनसुन र अफसिजनपछि  यतिधेरै संख्यामा हेलि उडान भएको पहिलो भएको जानकारी दिनुभयो ।

  िकाठमान्डौंबाट सिधै मुक्तिनाथ र मुक्तिनाथबाट सिधै काठमान्डौ विभिन्न पाँच वटा निजी हेलि वायु सेवा कम्पनीले हेली उडान भरेको विमानस्थल प्रमुख पोखरेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार एयर डोईनेष्टिक,अल्टिच्युड एयर,एभरेष्ट हेली,अन्नपूर्ण एयर र सम्रिक एयरले मुक्तिनाथधामका लागि  आठ वटा हेलि उडान भरेका हुन् ।

 यसैगरी साँढे दुई महिनादेखि ठप्प रहेको पोखरा—जोमसोम हवाई सेवा पनि पून ः सोमबारदेखि सञ्चालनमा आएको जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । पोखरा —जोमसोम नियमित हवाई सेवाका लागि समिट एयरलाईन्सले पहिलोदिन तीन वटा हवाई उडान भरेको छ । समिट एयरका जोमसोम स्टेशन ईञ्चार्ज सुमन थकालीले मे २ देखि बन्द भएको हवाई सेवा आजबाट सुरु भएको  बताए । 

पहिलोदिन समिट एयरको जहाजले ४८ जना भारतीय हवाई यात्रुलाई सेवा दिएको बताउँनुभयो । मे २३ देखि हवाई सेवा बन्द गरेको तारा एयरलाईन्सले भने अझै नियमित हवाई सेवा सूचारु गरेको छैन ।


प्रतिक्रिया