मुस्ताङ,८,भदौ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुुक्तिनाथको काखैमा सोमबारदेखि औपचारिक रुपमा ग्रान्ड यार्तुङ महोत्सव २०८३ सुरु भएको छ । जनप्रिय युवा क्लव मुक्तिनाथको आयोजनामा ग्रान्ड यार्तुङ विधिवत शुभारम्भ गरिएको हो ।
मुक्तिनाथ पुराङ रानीपौवा स्थित आर्चरी खेलमैदानमा आयोजित यार्तुङ महोत्सव २०८३ को जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले समुद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दे प्रमुख गुरुङले यार्तुङ पर्वले परम्परा,संस्कृति र मौलिकताको संरक्षण गरेको बताउँनुभयो । यार्तुङ पर्व हिमाली भेकका बासिन्दाको महत्वपूर्ण पर्व भएको र जनप्रिय युवाक्लवले पर्वलाई जोडेर महोत्सवको रुपमा सञ्चालन गरेकै कारण युवा पुस्ताका खेलप्रतिको उत्साह र आपसी सम्वन्धलाई प्रगाढ तुल्याउन सफल भएको प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।
वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले मुक्तिनाथ यार्तुङ मुस्ताङ जिल्लाको ब्रान्ड बनिसकेको बताउँनुभयो । पर्व सञ्चालन र यसको सस्थागत विकासका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समितिले आवश्यक आर्थिक सहयोग प्रदान गरेको वडाध्यक्ष गुरुङको भनाई छ ।
मुक्तिनाथ ग्रान्ड यार्तुङका विभिन्न कार्यक्रमहरु कार्यतालिका अनुसार सञ्चालन हुने जानकारी दिनुभयो । यार्तुङ महोत्सव अन्तर्गत आर्चरी, फुटबल,कदम तथा बार्का घोडा दौड र विविध सांस्कृतिक कार्यक्रम गरी पाँचदिन सम्म चल्ने क्लवका अध्यक्ष केसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो ।
यार्तुङ महोत्सवको पहिलोदिन पुरुष आर्चरी प्रतियोगिता सुरु गरिएको छ । पुराङ रानीपौवाका ज्येष्ठ नागरिकहरुको उपस्थित धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार स्थानीइ भाषामा गीत गाउँदै आर्चरी प्रतियोगिता शुभारम्भ गरिएको थियो ।
प्रतियोगितामा छिमेकी जिल्ला मनाङसहित १८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता ११ डोरमा खेलाईने जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली