मुस्ताङको पेरिस डाँडामा माओवादीको कार्यालय शिलान्यास

नेकपा(माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा माआवादी पार्टीको कार्यालय भवन शिलान्यास गर्नुभएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका—४ भ्रप्सो स्थित पेरिस डाँडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आज बिहिबार बिहान  पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

सोही क्रममा माओवादी अध्यक्ष दाहालले मुस्ताङमा पार्टी कार्यालय रहेको स्थानलाई पेरिस डाँडाको रुपमा नामाकरण गर्नुभएको छ । यसअघि बौद्ध धर्म परम्परा र संस्कृति अनुसार लामाले धार्मिक विधि अनुसार पुजापाठ गरेपछि माओवादी अध्यक्ष दाहालले पार्टी कार्यालय भवन उद्घाटन गर्नुभएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति ईञ्चार्ज धिरेन्द्र विकले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङको सदरमुकाम जोमसोमदेखि उत्तर दुई किलोमिटर टाढा रहेको भिरालो सतहलाई स्तरोन्नति गरी पार्टी कार्यालय भवन निर्माण गर्न लागेको समन्वय समिति ईञ्चार्ज विकले बताउँनुभयो । त्यहा प्रारम्भिक चरणमा ६ कोठाको नयाँ भवन बन्ने र खाली रहेको जग्गामा स्याउका बिरुवा रोपण गर्ने योजना रहेको ईञ्चार्ज विकको भनाई छ ।

मुस्ताङको पेरिस डाँडामा पार्टीको कार्यालय भवन बनाउन निःशुल्क जग्गादान गर्ने वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका स्थानीय ढच्युङ गुरुङ र जग्गादानमा सहजीकरणको भूमिका निभाएका घरपझोङ—५ ढुम्बा स्थानीय ङुटुक गुरुङलाई माओवादी अध्यक्ष दाहालले खाँदा लगाएर सम्मान व्यक्त गर्नुभयो ।

 मुस्ताङमा माआ्ेवादी केन्द्रको पार्टी कार्यालय भवन निर्माणले यहाँको पार्टी संगठन विस्तार र मुस्ताङी जनताको विकास र भलाईका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्नुभयो ।

 मुस्ताङमा कुनै पनि राजनीतिक पार्टीको आफ्नै निजी पार्टी कार्यालय भवन नरहेको अवस्थामा माओवादी केन्द्रले पहिलो हुँदै पार्टी कार्यालय भवन निर्माणको सुरुआत गर्नु गौरवको बिषय भएको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले पार्टी कार्यालय भवन बनाउन एक नम्बर भए जस्तै  मुस्ताङमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने दिशातर्फ लाग्न निर्देशन दिनुभयो ।

अध्यक्ष दाहाल पार्टी कार्यालय शिलान्यासपछि जोमसोमबाट—काठामान्डौ फर्किन कार्यक्रम रहेको पार्टी जिल्ला ईञ्चार्ज कपिल लामाले जानकारी दिनुभयो ।


प्रतिक्रिया