प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले शनिबार साँझ पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो ।

 शुक्रबार काठमान्डौंबाट निजी भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री शाह शनिबार दिउँसो तीन बजे बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आईपुग्नु भएको थियो । बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आउनु भएका प्रधानमन्त्री शाह घरपझोङ—३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नु भएको थियो । सडकमार्ग हुँदै मुस्ताङ आउनु भएका प्रधानमन्त्री शाह होटल ओम्स होममा साँढे तीन घण्टा आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनु भएको बताउँनुभयो ।

 यसैगरी मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ साढे सात बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुभएको बताउँनुभयो । व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरमा साँझ साँढे सात बजेदेखि ८ बजेसम्म आधा घण्टा दर्शन र पुजाअर्चना गर्नुभएको हो ।

 प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी समक्ष टिका र प्रसाद ग्रहण गर्नुभएको छ ।

 प्रधानमन्त्री शाहका सुरक्षार्थ जोमसोम—मुक्तिनाथ सडकको ठाउँ ठाउँमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


प्रतिक्रिया