मुस्ताङ,६ भदौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मुस्ताङ शाखाको अध्यक्षमा उदय नेपाली चयन हुनु भएको छ । प्रतिष्ठान नेपाल मुस्ताङको शनिबार सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका संयोजक नेपालीलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
राष्ट्रिय लोक दोहोरी तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय प्रशासनिक सचिव एवं पोखरा प्रज्ञा प्रतिष्ठान सदस्य जिवन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतिष्ठान शाखाको अध्यक्षमा नेपाली सहित १७ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरिएको छ ।
प्रतिष्ठान नेपाल मुस्ताङको कार्यसमितिको प्रथम उपाध्यक्षमा जिवन गोतामे,द्धितीय उपाध्यक्षमा ङुटुक गुरुङ, महिला उपाध्यक्षमा लक्ष्मी खनाल विक, सचिवमा सविता छिनाल, कोषाध्यक्षमा गोविन्द नेपाली, सहसचिवमा मोहनबहादुर लुङ्गेली मगर र सहकोषाध्यक्षमा अरुणा थकाली चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा रिता छन्त्याल, पुरन राना थकाली, रेखा थकाली, आङ्जेन गुरुङ, हर्क बहादुर सुनार र बिन्दु नेपाली (मजकोटी), सुचिना गोतामे र विजय गन्धर्व चयन हुनु भएको प्रतिष्ठान शाखाका निर्वाचित प्रथम उपाध्यक्ष जिवन गोतामेले जानकारी दिनुभयो ।
प्रतिष्ठान नेपाल मुस्ताङको प्रथम अधिवेशनबाट निर्वाचन पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि राष्ट्रिय लोक दोहोरी तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय प्रशासनिक सचिव एवं पोखरा प्रज्ञा प्रतिष्ठान सदस्य जिवन दाहालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
प्रतिष्ठान नेपालको प्रथम अधिवेशनमा थासाङ—५ कुञ्जोका लोक तथा दोहारी गीतका मोडल केविना गोतामे र ई मुस्ताङ न्युज डटकम अनलाईन मिडियालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । अधिवेशनमा विभिन्न कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । अधिवेशन घरपझोङ—३ पुथाङ एयरपोर्ट स्थित किङडम रेस्ट्रोमा सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता