वारागुङ—१ मा घरदैलोमै सामाजिक सुरक्षा भत्ता नविकरण तथा स्वास्थ्य जाँच

जोमसोम ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्षित गरी आईतबारदेखि सामाजिक सुरक्षा भत्ता नविकरण तथा स्वास्थ्य जाँच अभियान चलाएको छ । त्यहाँको वारागुङ—१ वडाले स्थानीय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण तथा स्वास्थ्य जाँच गरेको जनाएको छ ।

त्यहाँ स्थित वडा सचिव अस्मिता तिवारीका अनुसार वारागुङ—१ वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही मध्ये ८० प्रतिशतको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको बताउँनुभयो । सामाजिक सुरक्षा भत्ता पाउँने लाभग्राहीहरुका लागि उनीहरुको सहजताका लागि वडा कार्यालयका कर्मचारी स्वंय खटिएर सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको बताउँनुभयो ।

 वारागुङ—१ अन्तर्गत पहिलोदिन खिङ्गा,दोस्रोदिन रानीपौवा,तेस्रोदिन लुप्रा र आज चौथोदिन झारकोटमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको सेवा प्रवाह भएको वडा सचिव तिवारीले बताउँनुभयो ।


यसैगरी सोही वडाका सामाजिक सुरक्षा भत्ता लाभग्राही भएका तर हाल पोखरा ÷काठमान्डौंमा बसोबास गरेका लाभग्राहीहरुका लागि पनि वडा कार्यालय सम्वन्धित स्थानमै पुगेर सेवा प्रवाह गर्ने जनाएको छ । वडासचिव तिवारीका अनुसार भदौं १० र ११ गते काठमान्डौंमा र भदौं १४ गते पोखरामा सामाजिक सुरक्षा भत्ता नविकरण शिविर संञ्चालन हुनेछ ।

 वारागुङका वडाध्यक्ष प्रमेश गुरुङको पहलमा त्यहाँ वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सेवाका लागि निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम समेत गरिएको छ । झारकोट स्वास्थ्य चौकीका सिनियर अहेब सुवास अधिकारीसहितको स्वास्थ्यकर्मी टोलीले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको युरिक एसिड,दम,प्रेसर र सुगर लगायतको स्वास्थ्य परीक्षण गरिएको हो ।


प्रतिक्रिया