मुस्ताङ, १५, साउन
मुस्ताङमा भारतीय पर्यटकले प्रयोग गरेको मानरहित ड्रोन क्यामेरा प्रहरीले जफत गरेको छ । अनुमति विना ड्रोन क्यामेरा उडाएको सूचनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले घरपझोङ—३ पुथाङ एयरपोर्ट स्थित होटल धौलागिरी नजिकबाट भारतीय पर्यटकको ड्रोन क्यामेरा बिहिबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर ईश्वर महतका अनुसार ड्रोन उडान अनुमति पत्र विना भारतको जयपुर—१८ भागत बाटिका सेबेल लाईन जयपुर राजस्थानबाट मुस्ताङ आएका २५ वर्षीय रोहित सैनले प्रयोग गरेको डीजीएल कम्पनीको ड्रोन प्रहरीले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ड्रोन क्यामेरा प्रहरीले नियन्त्रणमा लिएर भारतीय पर्यटकलाई छाडिएको छ । यस्ेतै, प्रहरीले नियन्त्रणमा लिएको ड्रोन नेपाल नागरिक उड्ययन प्राविधिकरणको शाखा जोमसोम नागरिक उड्ययन कार्यालयलाई बुझाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली