मुस्ताङको मार्फामा नायक अनमोल क्रेज

मुस्ताङको मार्फा गाउँको पर्यटन प्रर्वद्धनमा चलचित्रको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फाका मार्फाली थकाली समुदायले जेरी—२ का नायक अनमोल केसी र नायिका आना शर्मालाई शुक्रबार भव्य स्वागतसहित सम्मान गरेका छन् ।

 थकाली मौलिक सांस्कृतिक भेषभुषामा सुसज्जित मार्फाली थकाली समुदायका अंग्रज पुरुष तथा महिलाहरुले उक्त चलचित्रको नायक केसी र नायिका शर्माले गाउँभित्र भव्य स्वागत सत्कारसहित सम्मान अर्पण गरेको मार्फाकी स्थानीइ कमला लालचनले जानकारी दिनुभयो । चलचित्र जेरी—२ को छायांकनका क्रममा मुस्ताङको मार्फा गाउँ आईपुगेका नायक अनमोल केसी र नायिका आना शर्माले स्वागत सत्कारसहित मार्फा गाउँ परिक्रममा गराएको स्थानली लालचनले जनाउँनुभयो ।

  एक दशक अघि हेमराज बिसीको निर्देशनमा जेरी चलचित्रको छायांकन मुस्ताङका मार्फा गाउँसहित वारागुङ मुक्तिक्षेत्रको विभिन्न स्थानमा भएको थियो । उक्त चलचित्र छायांकनपछि मुस्ताङको मार्फा गाउँको पर्यटनमा थप टेवा पुगेको भन्दै मुस्ताङको मार्फाली समुदायले नायक अनमोल केसी र नायिका आना शर्मालाई मार्फा गाउँलेले भव्य स्वागतसहित सम्मान र उपहार प्रदान गरेको मार्फाकी स्थानीय रिता लालचनले बताउँनुभयो । 

जेरी—२ का नायक केसीलाई मार्फाली   समुदायहरुले एकथान (झ्योपेन मकल) उपहार दिएर फेता लगाएर सम्मान गरेका थिए ।


प्रतिक्रिया