यहाँको घरपझोङ गाउँपालिका स्थित थाक पाँच गाउँ जोड्ने १० दशमलव ५ किमी दुरीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको जनाईएको छ । २०७६ साल असार २६ गते बन्दना भगवती निर्माण सेवासंग ठेक्का सम्झौता भएको यहाँको चक्रपथ सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरममा पु¥याईएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन ,एक सडक’ सडक योजना अन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी,ढुम्बा,छैरो,चिमाङ,मार्फा,स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालय मुस्ताङले कार्यान्वयनमा ल्याएको थियो ।
यहाँको घरपझोङ स्थित कालिगण्डकी नदी पारी पूर्वमा रहेका ग्रामिण वस्तीहरुमा सडकको पहुँच स्थापित गर्ने गरी जोमसोम—ढुम्बा ५ किलोमिटर सडकमा दुई सेमी मोटाईको प्रिमिक्स कालोपत्रे र ढुम्बादेखि छैरो—चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी ५ दशमलव ५ किमी ग्राभेल सडकको काम अघि बढाईएको थियो ।
निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र वेवास्ताका कारण यहाँको थाक पाँच गाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्न हुनमा विलम्व भईरहेको थियो । सुरुआती ठेक्का सम्झौता अनुसार २०७७ साल माघ महिनामा सकिनु पर्ने भएपनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपात लगायतका कारण देखाउँदै सातौ पटकसम्म चक्रपथ सडकको म्याद थप गरेको थियो ।
यहाँको घरपझोङ गाउँपालिकाको वडा ४,५,१ र २ जोड्ने चक्रपथ सडक निर्माणका लागि सुरुआती ठेक्का सम्झौता २१ करोड ४३ लाख लागत रहेकोमा त्यसमा ग्राभेल र सडकको थप स्टक्चर निर्माणका लागि ३ करोड बढी भिओ वृद्धि भई २४ करोड ४५ लाख ७४ हजार पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले जानकारी दिनुभयो ।
यहाँको घरपझोङ स्थित थाक पाँच गाउँ जोड्ने चक्रपथ सडक अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्ष भित्रमा चक्रपथ सडक कार्यालयलाई हस्तान्तरण भईसक्ने कार्यालयका सूचना अधिकारी ईन्जिनीयर रोक्कामगरले बताउँनुभयो । चक्रपथ सडकको पछिल्ले भौतिक प्रगति ९३ प्रतिशत र वित्तिय प्रगति ८८ प्रतिशत रहेको ईन्जिनीयर रोक्कामगरले उल्लेख गर्नुभयो ।
चक्रपथ सडकको ६ किलो मिटर नाली निर्माणसहित ढुम्बातालसम्मको ५ किलोमिटर सडकमा कालोपत्र भईसकेको छ । यसैगरी ढुम्बातालदेखि छैरो—चिमाङसम्मको दुरीमा चट्टान काटेर नयाँ सडक ट्याक खोलेर नालीसहित ५ मिटर चौडा ग्राभेल सडक विस्तार भईसकेको ईन्जिनीयर रोक्कामगरको भनाई छ । चक्रपथ सडकमा ट्राफिक सिग्नलका पोलहरु गाड्ने नालीहरु सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने कामहरु भईरहेको कार्यालयले जनाएको छ ।
यहाँको मुस्ताङको घरपझोङ गाउँपालिका स्थित गण्डकी प्रदेश सरकार अन्तर्गत निर्माणधिन थाक पाँच गाउँ जोड्ने चक्रपथ सडकले आर्थिक समृद्धिमा ठुलो योगदान पु¥याउने घरपझोङ गाउँपालिका—५ का वडाध्यक्ष प्रदीप थकालीको भनाई छ । यहाँको चक्रपथ सडकले ढुम्बाताल अवलोकन गर्न जाने पर्यटकहरुलाई निकै सहज भएको उहाँको भनाई छ । सडक कालोपत्र भएकाले जोमसोमबाट १५ मिनेटमै ढुम्बाताल पुग्ने सकिने वडाध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।
यसैगरी चक्रपथ सडकले ठिनी,ढुम्बा ,छैरो र चिमाङ लगायतका गाउँहरु सडक संञ्जालले जोडिएकाले त्यहाँका कृषकहरुले उत्पादन गरेको स्याउ लगायतका अन्नबाली,फलफूल र तरकारीको यातायातका साधन मार्फत ढुवानी गर्न सजिलो भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली