जोमसोम ःयहाँको घरपझोङ गाउँपालिका—२ मार्फाका वडाध्यक्ष मनबहादुर हिराचनका धर्मपत्नी सुकमाया हिराचनको शनिबार निधन भएको छ ।थाक पाँच गाउँ उद्दार समितिका सक्रिय सदस्य समेत रहनु भएकी सुकमाया हिराचनको ५६ वर्षको उमेरमा अल्पायुमै निधन भएको हो ।
समितिका सदस्य हिराचनको निधनप्रति थाक पाँच उद्दार समितिले दुःख प्रकट गर्दै श्रद्धान्जली व्यत्त गरेको छ । समितिले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शत्ति प्राप्त होस भन्दै समवेदना प्रकट गरेको हो ।
स्वर्गीय हिराचन थाक पाँच उद्दार समितिका सदस्य एवं सामाजिक कार्यहरुमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थाक पाँच गाउँ उद्दार समितिले जनाएको छ ।
२० बैशाख २०८३, सोमबार ०८:०८ मा प्रकाशित
2802
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली